BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

यौन जिज्ञासा र समाधान

Published on Tuesday, April 26, 2011 3:53 AM //


के कन्डमको धेरै प्रयोगले म वा श्रीमान्को प्रजनन स्वास्थ्यमा नकारात्मक असर पर्छ ?

म २३ वर्षीया विवाहित महिला हुँ। मेरा श्रीमान् २४ वर्षको हुनुहुन्छ। हाम्रो विवाह भएको एक वर्ष भैसक्यो। आर्थिक रूपले सक्षम नभएसम्म  सन्तान नजन्माउने विचार छ, तर पनि विवाहको एक महिनातिर बिनासाधन सम्भोग भयो र गर्भ रहने शंकाले आकस्मिक रूपमा सुनौलो  चक्की प्रयोग गरें (साप्ताहिकमा पहिले प्रकाशित सल्लाहमा दिइएको मात्राअनुरूप)। त्यसपछि पनि फेरि तीन महिनातिर वीर्य परेजस्तो लागेर  पुनः सुनौलो चक्की प्रयोग गरें। त्यसदेखि अहिलेसम्म सन्तान नजन्माउने मनसायले हामीले आपसी सहमतिमा कन्डम प्रयोग गर्दै आएका छौं।  अहिले आएर लामो समयसम्म कन्डम प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्छ साथै पछि सन्तान जन्माउन नसकिने हुन सक्छ भन्ने  सुनें। त्यसपश्चातः मलाई आमा बन्न नसकुँला भन्ने डर लाग्न थाल्यो। के यो कुरा सत्य हो ? हामी अझ तीन-चार वर्षसम्म शिशु पाउन चाहँदैनौं। के कन्डमको धेरै प्रयोगले म वा श्रीमान्को प्रजनन स्वास्थ्यमा नकारात्मक असर पर्छ ? के नयाँ दम्पतीले पहिलो सन्तानभन्दा अघि अरू  अस्थाई साधन जस्तै पिल्स, कपरटी, संगिनी सुई लगाउनु हुँदैन?
               अनु. सक्षम भएपछि मात्र सन्तान जन्माउने तपाईंको सोचको सम्मान गर्छु। परिवार नियोजन भनेको आफूले चाहेको संख्यामा चाहेअनुसार चाहेका  बेला सन्तान जन्माउने हो। गर्भनिरोधकका साधनले यो कार्यमा सहयोग गर्छ।  

कन्डम के हो ?
                      कन्डम पुरुषहरूले यौनसम्पर्कका बेला प्रयोग गर्ने एक विशेष किसिमको रवरले बनेको लिङ्गमा लगाउने पातलो खोल हो। अहिले सामान्य रू पमा बजारमा उपलब्ध हुने पुरुषको लिङ्गमा लगाइने कन्डम ल्याटेक्स रबरबाट बनेको हुन्छ। अहिले महिला कन्डम पनि उपलब्ध हुन थालेको  छ। कन्डमको प्रयोगले गर्भ निरोध हुने मात्र होईन, यसले एचआईभी तथा यौनरोगको संक्रमणबाट पनि बचाउँछ। सही तरिकाले प्रयोग गर्दा  कन्डमको प्रभावकारीता उच्च छ। कन्डम लगाएपछि वीर्य स्खलन हुँदा योनिमा पर्न पाउँदैन, त्यसैले वीर्यमा भएका शुक्रकीट पनि पाठेघरमा  पस्न पाउँदैनन्, त्यसैले गर्भ रहने कुरै आउँदैन। 

के कन्डमको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पर्छ ? कन्डम गर्भ निरोधका लागि मात्र होईन, यौन स्वास्थ्यलाई सुरक्षित बनाउन प्रयोग गरिने साधन पनि हो। यसले एचआईभी तथा यौनरोगको  संक्रमणबाट पनि बचाउँछ। तपाईंले यस्तो कुरा कहाँबाट कसरी सुन्नुभयो, जानकारी दिनुभएको भए जवाफ दिन सजिलो हुने थियो। सामान्यतः  कन्डमको प्रयोगले पुरुष तथा महिला दुवैको स्वास्थमा कुनै नकारात्मक असर पार्दैन।
               कतिपय व्यक्ति कन्डमले यौनसन्तुष्टि नदिने बताउँदै कन्डमको प्रयोगलाई झन्झटिलो मान्छन्। वास्तवमा कुरा त्यसो होइन। सीधा सम्पर्कभन्दा  कुनै वस्तु बीचमा राखेर सम्पर्क गर्दा फरक त पर्ने नै भयो। केही व्यक्तिले यसलाई यौनसन्तुष्टि कम गराउने कारक माने पनि जान्ने व्यक्तिका  लागि यो कुरा फरक हुन सक्छ। यसमा अभ्यस्त हुन सके मजाले यौनसन्तुष्टि पाउन सकिन्छ। लिङ्गमा कन्डम लगाउने कुरालाई पाक्क्रीडासँगै  जोड्न सक्नुपर्छ। आफूलाई आवश्यक पर्ने कन्डमको प्याकेट ओछयानको नजिकै राख्नुपर्छ, जसले गर्दा यौन क्रियाकलाप (पाक्क्रीडा) सुरु  गरिसकेपछि त्यसको निरन्तरतालाई टुटाउनु नपरोस्। यसरी पाक्क्रीडाकै निरन्तर क्रियाकलापका रूपमा कन्डम लगाउने प्रक्रियालाई पनि सँगसँगै लिएर जाने अभ्यास गरे झन्झटिलो नलाग्ने मात्र होइन, त्यसले यौन उत्तेजना पनि बढाउँछ। कन्डम लगाउने कार्यमा श्रीमान्-श्रीमती  दुवै सहभागी भए सुनमा सुगन्ध थपिन्छ।
                                महिला तथा पुरुष यौन प्रतिक्रिया चक्रमा केही भिन्नता हुने कुरा हामीले यसअघि पनि उल्लेख गरेका थियौं। चरमसुख प्राप्त गर्न महिलालाई  केही बढी समय लाग्न सक्छ भने चरमसुखपछि पुरुष चभाचबअतयचथ उभचष्यम मा जान्छ। कन्डमले लिङ्गको संवेदनशीलतामा पार्ने फरकले  पुरुष तुरुन्तै चरमसुख तथा वीर्य स्खलनको चरणमा पुग्दैन र त्यसका लागि केही समय लाग्छ। यसरी केही बढी समय लाग्नुलेे महिलालाई  यौन चरमसुख पाउने कार्यमा सहयोग नै पुर्‍याउँछ। अर्कातिर, कतिपय पुरुष जसलाई शीघ्रस्खलनको समस्याले सताएको हुन्छ र कन्डमको  प्रयोग यस्तो बेलामा उपचार सावित हुन सक्छ। त्यसैले कतिपय व्यक्तिमा कन्डमले यौन सन्तुष्टिलाई कम गर्छ भन्ने धारणा भए पनि उक्त  कुरा सत्य होइन भन्ने कुरा बुझ्नु आवश्यक छ।

के सन्तान जन्माइनसकेका महिलाले परिवार नियोजनका साधन प्रयोग गर्नु हुँदैन ? 
                        सन्तान नजन्माई गर्भनिरोधका साधन प्रयोग गर्नु हुँदैन भन्ने सोच कतिपय व्यक्तिमा भए पनि त्यो साँचो होईन। ठूला-ठूला अध्ययन अनुसन्धान  गरेर विश्व स्वास्थ संगठनले व्यक्तिको स्वास्थ्य तथा अन्य कुरा हेरी गर्भनिरोधका साधन प्रयोग गर्न सकिने वा नसकिने वा के कस्तो कुरामा  ध्यान दिने भनेर मापदण्ड नै बनाएको छ अनि नेपालको प्रजनन स्वास्थ्य राष्ट्रिय मापदण्ड पनि त्यसै अनुरूपको छ।
                           सन्तान जन्माउन बाँकी विवाहित महिलाले मात्र होइन, किशोरीहरूले पनि खाने चक्की प्रयोग गर्न मिल्छ। त्यसैगरी तीनमहिने सुई वा संगिनी  सुई  सन्तान नजन्माइसकेका महिलाले पनि प्रयोग गर्न सक्छन्।  अन्य साधनको तुलनामा गर्भ रहन केही समय बढी लाग्न सक्छ। कपरटी  पनि सन्तान नजन्माइसकेका महिलाले प्रयोग गर्न मिल्छ। सन्तान नजन्माई यसलाई प्रयोग गर्नु हुँदैन भन्ने कुराको कुनै वैज्ञानिक आधार छैन।
                             सन्तान जन्माइसकेको होस् वा जन्माउन बाँकी नै होस्, सुनौलो चक्की प्रयोग गर्न थालेपछि प्रायःजसो देखिने साधारण असरमा वाकवाकी  लाग्ने, महिनावारीको बीचमा रगतको थोपाथोपी देखिने, हल्का टाउको दुख्ने, स्तन छुँदा हल्का दुख्ने आदि छन्। केही मोटाउनु वा महिनावारी  नहुन पनि सक्छ। यसको प्रयोग गर्नुअघि यसको सबै पक्षका बारेमा राम्रो थाहा पाउन परिवार नियोजनको सेवा दिने कुनै पनि स्वास्थ्य  संस्थाबाट परामर्श लिनुपर्ने हुन्छ। यसबाहेक परिवार नियोजनका अन्य उपायहरूका बारेमा पनि जानकारी लिई उपयुक्त उपाय छनौट गर्न  सकिन्छ।

Shbhar : saptahik.

0 comments

Leave a comment