BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

नयाँ वर्षलाई तीन चलचित्र

Published on Tuesday, April 26, 2011 4:00 AM //

नयाँ वर्ष २०६८ लाई स्वागत गर्दै आज शुक्रबार एकसाथ तीन नयाँ नेपाली चलचित्र प्रदर्शन हुँदैछन् । निर्माताहरूले नयाँ वर्षको अवसरलाई सदुपयोग  गर्न ठूला बजेटका तीन चलचित्र प्रदर्शन गर्न लागेका हुन् । राजधानीलगायत देशका अधिकांश सहरमा यी तीन चलचित्र एकैपटक प्रदर्शन गर्न लागिएको  हो । गोपीकृष्ण मुभिजको प्रीतिको फूल, निर्माता टंक लम्सालको प्रहार तथा निर्माता रिमेश अधिकारीको म बिर्सुं कसरी एकै दिन प्रदर्शन हुन लागेका  हुन् ।



प्रहार

निर्माता टंक लम्साल 'प्रहार' लाई आफ्नो महत्त्वाकांक्षी चलचित्र बताउँछन् । क्षितिज सिने आर्टको ब्यानरको यो चौथो चलचित्रका निर्देशक सानु शाक्य  हुन् । यो चलचित्रमा राजेश हमाल, रेखा थापा, विराज भट्ट, शुभेच्छा अधिकारी आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रमा राजेश, रे खा तथा विराजबीचको त्रिकोणात्मक प्रेमकथा छ । चलचित्रमा मुकुन्द श्रेष्ठ, उषा पौडेल, दिवस उप्रेती आदि कलाकारले पनि अभिनय गरेका छन् । महेश  खड्काको संगीत निर्देश्ान रहेको चारवटा गीतमा राजेशपायल राई, संगीता श्रेष्ठ तथा सत्यकला राईले स्वर प्रदान गरेका छन् । यसअघि सानुले 'रक्षक'  को निर्देश्ान गरेका थिए । यो चलचित्र डिसिएन सर्भरबाट प्रदर्शन हुन लागेको हो । चलचित्रमा वसन्त श्रेष्ठको नृत्य, एनबी महर्जनको द्वन्द्व, शिवम  अधिकारीको लेखन तथा दीपक वान्तवाको छायांकन हेर्न पाइन्छ ।



प्रीतिको फूल

रेशराज आचार्यद्वारा निर्देशित चलचित्र 'प्रीतिको फूल' त्रिकोणात्मक प्रेमकथामा आधारित छ । उज्ज्वल पौडेलद्वारा प्रस्तुत यो चलचित्रका कार्यकारी निमार् ता नीरक पौडेल हुन् । देशभरिका ४० वटा चलचित्र हलमा एकसाथ प्रदर्शन हुने यो चलचित्रलाई म्युजिकल लभ स्टोरी भनिएको छ । यो चलचित्रमा  राजबल्लभ कोइराला, युना उप्रेती तथा गरिमा पन्तबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ । चलचित्रले दर्शकको मन जित्ने कुरामा निर्माता  निरक पौडेलसँगै निर्देश्ाक रेशराज आचार्य पनि ढुक्क छन् । ताराप्रकाश लिम्बूद्वारा संगीतबद्ध यो चलचित्रका गीतहरू भोला रिजाल तथा दयाराम पाण्डेले  रचना गरेका हुन् । चलचित्रमा राजेशपायल राई, दीपक लिम्बू, रजिना रिमाल, प्रविशा अधिकारी आदि गायक-गायिकाले गाएका पाँचवटा गीत समावेश  छन् ।



म बिर्सुं कसरी

रमेश अधिकारी तथा किशोर सम्बाहाम्फेले निर्माण गरेको चलचित्र 'म बिर्सूं कसरी' लाई वासुदेव पोख्रेलले निर्देशन गरेका हुन् । सुमन सिंह, आयुष  रिजाल, मुकेश आचार्य, सोनिया केसी, निता ढुंगाना आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेको यो चलचित्रलाई थि्रलर एक्सन लभ स्टोरी बताइएको  छ । चलचित्रमा विनोद खम्बू तथा प्रल्हाद भक्तको संगीत निर्देश्ान छ । युवा पुस्तामाझ मौलाइरहेको प्रेमप्रसंग यो चलचित्रको मुख्य विषय हो । प्रेमकथा  मुख्य विषय भए पनि चलचित्रमा द्वन्द्वका दृश्य पनि समावेश छन् । धरान, दमक, बिर्तामोड आदि सहरमा प्रदर्शन गर्न लागेको यो चलचित्रमा अधिकांश  कलाकार पूर्वी नेपालका रहेकाले त्यो क्षेत्रमा यो चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा निर्माताद्वयको छ । चलचित्रमा राम जनकको द्वन्द्व निर्देश्ान छ भने  बब्बु थापाले नृत्य निर्देश्ान गरेका छन् ।

0 comments

Leave a comment