BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

मित्रता नै अन्य गनुपर्छ र ?

Published on Saturday, April 30, 2011 3:25 AM // , ,


33

शब्दहरु लेखिरहदा मेरा हातहरु कापिरहेका छनधड्कन धड्कीरहेका छन्, अनि मष्तिष्कमा भावुक्ता ,अन्यौलता र विवशताले सताइरहेका छन् । विक्षिप्त मनलाई समाल्दै भत्किएका आशाहरुमा फेरी उकासो लगाउने प्रयास गर्दै शब्दहरु ओकल्दै छु आशा छ स्वृकार गर्छौ भन्ने ।
अस्मी, हाम्रो मित्रको डोरिलाई तिमीले टुन्ग्याउने विचार गरिछ्यौ ! खै !किन तिमीमा म प्रति वितृष्णा जागेर आयो थाहा भएन । किन यती सजिलै तिमीले हाम्रो मित्रतालाई पूर्णविराम दिने विचार गर्यो ?कतै तिमीलाई कसैले मेरा बारेमा नराम्रा कुरा लगाएर भ्रम त छरेका त छैनन ? तर कसैको भ्रमीत कुराहरुमा हाम्रो विश्वास यसरी सजिलै डगमगाउला भन्ने मलाई लागेको थिएन ।
अस्मी, तिमी जस्ती शिक्षित नारी पनि किन अन्धि बनेकी ? तिमीले त बुझ्नु पर्ने जिन्दगीका मोडहरुलाई । हो जिन्दगीमा राम्रा नराम्रामोडहरु हाम्रा अगाडी काडेतार बनेर आउँछन । हामीले आफैले डिसीजन गर्नुपर्छ कुनबाटो हिड्ने भन्ने । राम्रोमा भन्दा नराम्राबाटहरुमा कदम बढाउन सजिलो हुन्छ तर पछि त्यसले दिने अप्ठ्याराहरुले जिन्दगी नै निराश बनाउछ । त्यसैले क्षणीक सुख र सन्तुष्टिका लागि तिमीले पनि गलतबाट अपनाउने छैनौ भन्ने मेरो विश्वास छ । हुन त जिवन र जगतका बारेमा मैले भन्दा तिमीले धेरै बुझेकी छ्यो ! त्यसैले तिमी जस्ती शिक्षित नारीलाई मैले महाभारत पढाइ राख्नु नपर्ला † तर एउटा कुरा चाही तिमीले स्वृकार गर्नुपर्छ । अहिले तिमी अन्धो भएकी छौ । तिमीमा अहमताले जरा गाडेको छ । तिमी भित्रको अहमता ले तिम्रो जीवनमा ठुलो धात गरिरहेको छ त्यो तिम्रो घैटोमा घाम लागेपछि थाहा हुन्छ ।
अस्मी, तिम्रो जीवनमा मैले कुनै खुशी छर्न नसके पनि तिमीले मेरो लागि धेरै कुरा सिकाएकि छ्यौ । जिन्दगी निरश भएको बेला सम्बन्ध जोड्दै थकाई मार्ने संयोग बनेर हाँसो खुशीको रौनकता थपिदियौ अनि केही गर्नुपर्छ भन्ने हिम्त दिलायौ । भविष्यका दिनहरु संगै र सफल बनाउने हेतुले तिम्रै सहमती र साथले आज मलाई यो पराई भूमीमा संघष गर्न पठायौ तर अहिले आएर सम्बन्ध टुर् याउने विचार किन ?? सुनेको थिए तिमीले हाम्रो सम्बनध तोड्नु कारण , मैले भन्दा धेरैमाया गर्ने साथी पाएकी छ्यौ रे । म भन्दा सम्पन्न छ रे । चोखो माया र साथलाई हैन भौतिक सुखलाई अंगाल्न खोजेकी रहिछेउ । त्यसैले तिमीले हाम्रो सम्बन्धलाई अन्त्य गर्ने निधो गर्दै मलाई अन्तिम मेल लेखेकि रहेछ्यौ, सारै खुशी लाग्यो तिम्रो निणय देखेर । बधाई छ नयाँ जीवनको लागि ।
अन्तमा अस्मी,मैले माथी नै भनि सकेको छु कुनै पनि निणय लिनु भन्दा पहिला सफा हृदयले सोच्नु । तिम्रो हृदयले उसैलाइ चाहान्छ भने स्वृकारनु जहाँ आफु खुशी र सुखी भइन्छ त्यही नै पाइला बढाउने हौ हैन र जे-जस्तो भएपनि हाम्रो मित्रतालाई पूर्णविराम नै लगाउनु पर्ला जस्तो त लाग्दैन । के तिमीले अर्कैलाई अंगाले पनि हामी असल मित्र बन्न सक्दैनौ र ?? तर आ-आफ्नो विचार हो । यदि मेरो सम्बन्ध वा भनौ मित्रताले तिम्रो जीवनमा अप्ठ्यारो ल्याउछ भने तोडिदिनु । तिम्रो खुशी नै मेरो जीवन हो ।
उही तिम्रो भलो चाहाने
-राजेश्वर ढकाल ‘बाबु’

0 comments

Leave a comment