BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

सुष्मा कार्कीले मुद्धा हाल्ने

Published on Monday, June 6, 2011 9:20 AM //




मेरोसिनेमा, 

sushma_karki_homeside_400"बर्दिया स्थायी घर भएकी सुष्माले पहिला त्यहीका एक युवकसंग धार्मिक विधिअनुसार विवाह गरेकी थिइन तर थोरै पैसा कमाउनेसंग जिन्दगी राम्रो नचल्दा उनले वैवाहिक नाता मात्रै तोडिनन् जिल्ला नै छाडेर धेरै पैसा कमाउन काठमाडौं छिरिन । अहिले चलचित्रका निर्देशक सुदर्शन थापासँग उनको अफेयर छ र विवाह गर्ने तयारीमा बताउने गरेकी छन् ।"  
बुधबार जनआस्था साप्ताहिकको पृष्ठ ६ मा प्रकाशित जीवनको रंग स्तम्भमा प्रकाशित एउटा खबरको यो अंश पढेपछि सुष्मा कार्की कुद्ध भएकी छन् । मेरोसिनेमालाई फोन गर्दै उनले पत्रिका र पत्रकारविरुद्ध मुद्धा जाहेर गर्न लागेको बताइन । उनले सो खबर झुठो भएको बताउँदै भनिन्-"मेरो विहे भैसकेको भनेर लेख्ने पत्रकारले मेरो लोग्नेसंग पनि मलाई चिनाइदिनु पर्यो । पत्रिका बेच्न कसैको चरित्र हत्या गर्न पाइन्न ।" सुष्मा हिरोइन भएको सिनेमा के यो माया हो रिलिज हुने क्रममा रहेको बेला सो खबरले दुखित तुल्याएको उनले मेरोसिनेमासंग गुनासो पोखिन् ।

Tags:

0 comments

Leave a comment