बदनाम भुवनको जवानी
Published on Monday, June 6, 2011
9:23 AM //
![]() |

अन्तवार्तामा भुवनले स्त्री लम्पट भएको कुरालाई घुमाउरो किसिमले स्विकार गरेका छन् । उनले भनेका छन् - अरे यार जवानी र जीवन हुन्जेल पार्टनर त चाहियो नि होइन र उनको सो कुराले जवानी कायम रहेको र पार्टनरको खोजी गरिरहने तर्फ इंगित गर्छ । उनले त्यहाँ लाइफ पार्टनर पनि भन्न सक्थे । पार्टनर मात्रै भन्नुको अर्थ त्यही निस्कन्छ । जसको सिधै अर्थ शर्मिलाबाट टाढा हुने बित्तिकै भुवन अर्कीलाई आफ्नो सिकार बनाउन तयार छन् । अर्को लाइनमा उनले मुन्नी केटीको पछाडी नलाग्ने मुन्नीहरु नै उनको पछि लाग्ने बताएका छन् । उनले भनेका शब्दहरु यस्ता छन् मेरा केटी साथीहरु नै बढि छन् । लाखौं युवती मेरा प्रसंसक छन् । ती मध्ये बाहिर हिंड्दा केही युवती र महिलाहरुसंग भेट हुन्छ । उनीहरुसंग देख्ने बित्तिकै ल भुवनले फलानो केटी लिएर हिंड्दयो भन्ने हल्ला चलिहाल्छ ।
भुवनको सिनेमा साथी म तिम्रो रिलिजको अन्तिम तयारीमा रहेको बेला उनले आफुलाई बचाउन दिएको सो अन्तवार्ताबाट उनको लोकपि्रयता झनै घटेको छ । धेरै मानिसहरुलाई थाहा छ कि भुवन कस्तो चरित्रका हिरो हुन भनेर ।
shavar -मेरोसिनेमा
![]() |
0 comments