BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

NRN Idol 2011 कतारको फाईनल अक्टोबर २८ मा दोहा सिनेमा हलमा

Published on Tuesday, October 11, 2011 3:36 AM // ,


बुधबल गुरुङ
अक्टुबर ११, दोहा, कतार /

 `गैर आवासीय नेपाली तारा कतार २०११` को टप टेनमा पर्ने गायन र नृत्य विधाका प्रतियोगि कलाकारहरुको नाम र फाईनल कार्यक्रम प्रकाशित भएको छ । `\"तमू सांस्कृतिक परिवार कतारको तेश्रो अभियान, विदेशमा भएका प्रतिभाको खोजि, उचित अवसर र उचित सम्मान` भन्ने मुल नाराका साथ सम्पन्न हुने यस कार्यक्रमको फाईनल आगमी अक्टोबर २८ तारिखका दिन दोहा सिनेमा हलमा हुने भएको छ ।
कार्यक्रम आयोजकका अनुसार गत सेप्टेम्बर २१ का दिन भएको प्रतियोगिताबाट गायन तथा नृत्य तर्फबाट फाईनलमा प्रवेश गर्न सफल प्रतियोगिहरु यस प्रकार रहेका छन् ।
गायन तर्फ
दिनेश लिम्बु -भोटीङ्ग नं. १)
दुर्गा प्रसाद लावती -भोटीङ्ग नं. २)
रुपेश पराजुली, -भोटीङ्ग नं. ३)
प्रेमकुमार गुरुङ -भोटीङ्ग नं. ४)
विपिन लिम्बु -भोटीङ्ग नं. ५)
उमेश गुरुङ -भोटीङ्ग नं. ६)
राज खालिङ -भोटीङ्ग नं. ७)
रामकुमार राइ- भोटीङ्ग नं. ८)
संगीत लिम्बु -भोटीङ्ग नं. ९)
कमल आमित्य -भोटीङ्ग नं. १०)

नृत्य तर्फ
नविन बर्देवा / पुजन चौधरी- मध्ये कुनै एक -भोटीङ्ग नं. १)
रिता आले मगर, -भोटीङ्ग नं. २),
विभस दुतराज -भोटीङ्ग नं. ३),
किरण लामा, -भोटीङ्ग नं. ४),
वर्षा थापा, -भोटीङ्ग नं. ५),
जिवन लामा, -भोटीङ्ग नं. ६),
प्रमोदकुमार साह, -भोटीङ्ग नं. ७),
देविका श्रेष्ठ -भोटीङ्ग नं. ८),
समिक्षा श्रेष्ठ, -भोटीङ्ग नं. ९),
यशोदा बस्नेत, -भोटीङ्ग नं. १०),
अन्तिम छनौट चरणमा दुबै विधाबाट प्रतियोगितामा भाग लिने कलाकारहरु मध्येबाट प्रथम हुने विजेतालाई `गैर आवासीय नेपाली तारा २०११` को उपाधिका साथै नृत्य तर्फ प्रथम हुने विजेतालाई `गैर आवासीय नेपाली नृत्य तारा २०११` र गायन तर्फ प्रथम हुने विजेतालाई `गैर आवासीय नेपाली गायन तारा २०११` को उपाधिले सम्मान गरिनेछ ।

कार्यक्रम संयोजक बिमल गुरुङका अनुसार अडिशन राउण्डदेखि टप टेन छनौट चरणसम्म निर्णयक मण्डलबाट छनौट गरिएको थियो भने अन्तिम तथा ग्राण्ड फिनालेमा भने निर्णयक मण्डल र दर्शकहरुको भोटको आधारमा विजेता चयन गरिने छ ।
तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारको तेश्रो प्रस्तुतिको रुपमा रहेको यो कार्यक्रममा कतारमा नेपाली कला र संस्कृतिको संरक्षण, सम्बर्धन र प्रवर्धनको लागि स्थापना भएको हरेक सांस्कृतिक परिवार तथा समुहहरुले आ-आफनो प्रस्तुतीहरु दिनेछन् - संयोजक गुरुङले भन्नुभयो, उहाँका अनुसार `यस कार्यक्रम भाई टिकाको दिन पनि परेको हुदा यसलाई तिहार/दिपाली विशेष कार्यक्रमको रुपमा मनाउने छ ।` कार्यक्रममा कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सकृय उपस्थिति हुने कुरामा आफु ढुक्क रहेको पनि संयोजक बिमल गुरुङले बताउनु भयो ।

0 comments

Leave a comment