दुई हप्ता डिस्टर्व नगर्नु : हमाल
Published on Wednesday, October 12, 2011
9:59 AM //
फिल्मी खबर
![]() |

अमेरिका पुगेका हमालले नेपालमा रहेका आफ्ना सहयोगीलाई फोन गरी दुई हप्तासम्म आफूलाई फोन गरेर डिस्टर्व नगर्न भनेका छन् । किन राजेश फोनबाट टाढिन चाहन्छन् ? सहयोगी दीपेन्द्र महतो भन्छन् –अबको एक महिना उहाँ पूर्णरुपमा काम बिर्सिएर भ्याकेसनमा लाग्न चाहनुहुन्छ ।’ उसै त स्वदेशमा हुँदा मोबाइल नबोक्ने, मिडियाबाट टाढिन खोज्ने अनि असामाजिक भएको आरोप खेपेका हमाल अमेरिकामा पुगेपनि फोनबाट टाढिनु नौलो कुरो भने होइन ।
गतवर्ष नै हो अमेरिकामा रहेका आफन्तले हमालको नाममा फेसबुक र इमेल खोलिदिएको तर, न ती प्रयोगमा छन् न त हमाल इन्टरनेट चलाउनै रुचि लिन्छन् । यद्यपी, अरुबाट टाढिन खोजेपनि हमाल पक्कैपनि आफ्नी प्रेमिका मधु केसीसँग भने नियमित सम्पर्कमा होलान् । महानायकलाई रिल्याक्सको शुभकामना !
Shabar : merocinema.com
![]() |
0 comments