BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

दिलमा कसैलाई सजाएको छैन... ।चर्चित लोकदोहोरी गायिका मुना थापा मगर

Published on Thursday, October 13, 2011 4:17 AM // ,


"चिसो चिसो हावा सरर…"
"मैले मन पराएको छु…"
"मुखै तितो बनायो तिते करेलीले…"


चर्चित लोकदोहोरी गीतका गायिका हुन मुना थापा मगर । गोरखा मनकामना-९ सििल¨लामाछाप मा बुबा कुलबहादुर थापा र आमा सानुमाया थापा मगरको माइलि सन्तानको रुपमा २३ वर्षिया पहिले यस घर्तीमा अँएकी मुना लजालु स्वाभावकी छिन ।
गाउँबेसीमा घासदाउरा गर्दा मात्र गुनगुनाउने मुनाले आफु यो स्थान सम्म पुग्ने अपेक्ष गरेकी थिईनन । गाउँकै भिनाजु पर्ने करसिङ थापाले निकालेको "केबुलकारमा गेटमा" गाउने अवसर दिएपछि भने उनको सांगितिक यात्राको बाटो तय भएको हो ।
२०६१ सालमा काठमाण्डौंमा प्रवेस गरेकी मुनाले दोभान दोहोरी सांझमा दोहोरी गाउँन थालीन । "छोरी" एल्वमको "चिसो चिसो हावा सरर…"ले एकाएक उनलाई चर्चामा ल्याएयो । "मैले मन पराएको छु…" बोलको गीतबाट २०६७ सालमा उत्कृष्ट लोकदोहोरी गायिकाको अवाड समेत प्राप्त गरेकी मुनाले २३ सय लोकदोहोरी गीतहरुमा आफ्नो स्वर दिइ सकेकी छिन । कार्यक्रमहरुको लागि कोरियालण्डनसाउदीमलेसीया र कतार गईसकेकी छिन भने स्वदेशमा पनि थुप्रै जिल्लाहरुमा प्रस्तुती देखाई सकेकी छिन । कलाकारहरु वाच्ने भनेको नै स्टेज सोहरुबाट नै बताउने मुना दर्शकहरुको माया र साथ पाए सम्म यो क्षेत्रलाई निरन्तरता दिने बताउछिन । मनकामना नेपाली सांस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रम वडा दशै शुभकामना सांझमा प्रस्तुती देखाउन पहिलो पटक कतार आएकी मुना संग राजेश्वर ढकालले गरेको कुराकानी ।

पहिलो चोटी कतार आउँदा कस्तो महशुष गर्नु भयो  ?
निकै रमाईलो लाग्यो । जहाँ गए पनि नेपाली दाजुभाई तथा दिदीवहिनीहरु भेट हुनुहुदो रहेछ मलाई त नेपालमै भएको अनुभुती भयो ।


थुप्रै देशमा प्रस्तुती देखाउनु भएको छ कतार र अन्य देशहरुको दर्शकमा के फरक पाउनु भयो ?
अं खासै फरक पाईन । जुन देशका दर्शकहरुले नै हामीलाई र लोकदोहोरीलाई निकै माया गर्नु भएको छ । जहाँ पनि दर्शकहरुको उत्साह जनक माया पाएको छु । स्वदेशको भन्दा विदेशमा कलाकारहरुको माया बढि हो की भन्ने भान हुन्छ ।

गीत गाएर बाच्ने अवस्था छ   ?
गीत गाएर र क्यासेट मात्र निकालेर त वाच्ने अवस्था छैन । अलि चल्तीका गायक गायिकाहरुले स्टेज प्रोगामहरुमा स्वदेश तथा विदेशमा प्रस्तुती गरेर मात्र हो । नत्र भने त गाह्रो छ ।


यो क्षँेत्रमा कहिले सम्म लागि रहनुहुन्छ नी ?
जब सम्म दर्शकश्रोताहरुको माया साथ र सहयोग पाईरहन्छु । अनि श्रोताहरुले मेरो आवजलाई मनपाउनजेल सम्म आफु यस क्षेत्रमा नै लागि रहन्छु । हाम्रो भगवान भनेका दशर्क श्रोताहरु नै हो ।

गायिकाको रुपमा तपाईलाई लिन चाहे वा स्टेज कार्यक्रमको लागि बोलाउन चाहनेहरुको लागि पारिश्रमक कति लिनु हुन्छ ?
अवस्था हेरेर हुन्छ । कति अवस्थामा पैसा विना नै गाउनु पर्ने पनि हुन्छ । मेलै एउटा गीत गाए बापत ३ हजार रुपैया लिने गरेको छु भने स्टेज कार्यक्रमको लागि विदेशमा एक शोको ५० हजार भन्दा माथी लिने गरेको छु ।

"काठमाण्डौमा कोठा पाइदैनबस मेरो दिलैको डेरामा पीर नगर भाडा चाहिदैन…"भन्ने गीत गाउनु भएको छ नी भाडा माग्नेहरु कती आए त ?
हा हा हा हा …। यो त गीत मात्रै हो । एकनारण दाइले काठमाण्डौको अवस्था हेरे तयार गर्नुभएको हो । दर्शकहरुले गीत गाउदा रमाइलो लिनुहुन्छ । दिलमा सजाएको चाहि कसैलाई छैन ।

प्रस्ताव आएको होला नी  ?
हा हा हा…छैन त । त्यस्तो प्रस्ताव पनी आएको छैन । सायद म नराम्री भएकोले पनि हो की हा हा हा… ।

अहिले सम्म एक्लै हो त ? विवाह गर्ने सोच छैन ? 
हजुर एक्लै छु । अव समय र लगन जुरेको रैछ भने त टारे टर्ने कुरा भएन । मेरो भने अहिले विहे गर्ने सोच छैन । भर्खरै क्यारीअर सुरु हुदैछ हैन र

अव तपाईको नयाँ गीतहरु कुन कुन आउदै छन ?
एकनारण दाइको "काठमाण्डौमा कोठा पाइदैनबस मेरो दिलैको डेरामा पीर नगर भाडा चाहिदैन…" लगायत थुप्रै दशै तिहारका गीतहरु छन । मेरो आÏनै छोरी- भाग २ निकालेको छु ।

अन्तमा कतार तथा संसारका कुनामा रहेका तपाईका फ्यानहरुलाई के भन्न चाहानुहुन्छ ?

मेरो सम्पूर्ण दर्शक तथा श्रोताहरुलाई आउदै गरेको दिपावलीको शुभकामना दिनचाहान्छु । तपाईहरुको मायाले गर्दा आज यो स्थान सम्म छु । अझै माया गर्दै जानुहोला । तपाईहरुको विदेश बसाई सफल र सुखमय होस भन्न चाहान्छु ।
(13-oct-2011 कान्तिपुर प्रवास साप्ताहिकमा प्रकाशित)

0 comments

Leave a comment