BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

एनआरएनमा नयाँ कार्यसमिति चयन

Published on Sunday, October 16, 2011 12:42 AM //


-प्रवक्तामा डा. शर्मा
२८ असोज, काठमाण्डौ । गैरआवासीय नेपाली संघको काठमाण्डौंमा सम्पन्न पाँचौं बिश्व सम्मेलनले जीवा लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष लामिछाने निर्बिरोध निर्वाचित हुनुभएको थियो भने अन्य पदमा मतदान भएको थियो । राती अबेर सार्वजनिक भएको मत परिणामपछि नयाँ कार्यसमितिलाई सपथ समेत गराइएको छ ।
-प्रवक्तामा डा. शर्मा
उपाध्यक्षमा रामेश्वर शाह र क्याप्टेन हितमान गुरुङ निर्वाचित हुनु भएको छ । गुरुङले ४४० मत प्राप्त गर्नुभएको थियो भने शाहले २७५ मत प्राप्त गर्नुभएको थियो । पराजित भएका रतन झाले २२६ मत, चन्द्रप्रसाद सापकोटाले ११४ र रुद्र शर्माले १९५ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै महासचिवमा तीन जनजाले उम्मेदवारी दिएकोमा तेन्जी शेर्पा ३२१ मतसहित विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी विष्णुमाया परियारले १९४ र कुमार बस्नेतले १९३ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै सचिवमा टीबी कार्की २७२ मतसहित विजयी हुनु भएको छ । उ
२८ असोज, काठमाण्डौ । गैरआवासीय नेपाली संघको काठमाण्डौंमा सम्पन्न पाँचौं बिश्व सम्मेलनले जीवा लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।


अध्यक्ष लामिछाने निर्बिरोध निर्वाचित हुनुभएको थियो भने अन्य पदमा मतदान भएको थियो । राती अबेर सार्वजनिक भएको मत परिणामपछि नयाँ कार्यसमितिलाई सपथ समेत गराइएको छ ।

उपाध्यक्षमा रामेश्वर शाह र क्याप्टेन हितमान गुरुङ निर्वाचित हुनु भएको छ । गुरुङले ४४० मत प्राप्त गर्नुभएको थियो भने शाहले २७५ मत प्राप्त गर्नुभएको थियो । पराजित भएका रतन झाले २२६ मत, चन्द्रप्रसाद सापकोटाले ११४ र रुद्र शर्माले १९५ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै महासचिवमा तीन जनजाले उम्मेदवारी दिएकोमा तेन्जी शेर्पा ३२१ मतसहित विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी विष्णुमाया परियारले १९४ र कुमार बस्नेतले १९३ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै सचिवमा टीबी कार्की २७२ मतसहित विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी सुवास अधिकारीले २६९, युवराज गुरुङले १२८ र विश्वराज घिमिरेले ३५ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै कोषाध्यक्षमा भवन भट्ट ४२६ मतसहित विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी गोबा कटवालले २८४ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै महिला संयोजकमा रन्जु थापा, सहसंयोजकमा अनन्त कुमारी गुरुङ र राधा बस्नेत निर्विरोध भएका छन् भने नर्थ अमेरिका संयोजकमा मुकेश कुमार सिंह ४७ मत ल्याएर विजयी भएका छन् । सहसंयोजकमा रामचन्द्र खरेल निर्विरोध भएका छन् । त्यस्तै युरोप क्षेत्रीय संयोजकमा कुमार पन्त, क्षेत्रीय सहसंयोजकमा लक्ष्यबहादुर गुरुङ, मध्यपूर्व संयोजकमा नरेन्द्रबहादुर भट्  र सहसंयोजकमा लोकनाथ सुवेदी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै एसिया प्यासिफिक संयोजकमा यमकुमार गुरुङ, सहसंयोजकमा किरण थापा, ओसियाना संयोजकमा मन खत्री र सहसंयोजकमा निरज श्रेष्ठ निर्विरोध भएका छन्

नवनिर्वाचित अध्यक्ष लामिछानेले संघको प्रवक्तामा वेलायत निवासी डा. हेमराज शर्मालाई नियुक्त गर्नुभएको छ ।
हाँका प्रतिद्वन्द्वी सुवास अधिकारीले २६९, युवराज गुरुङले १२८ र विश्वराज घिमिरेले ३५ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै कोषाध्यक्षमा भवन भट्ट ४२६ मतसहित विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी गोबा कटवालले २८४ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै महिला संयोजकमा रन्जु थापा, सहसंयोजकमा अनन्त कुमारी गुरुङ र राधा बस्नेत निर्विरोध भएका छन् भने नर्थ अमेरिका संयोजकमा मुकेश कुमार सिंह ४७ मत ल्याएर विजयी भएका छन् । सहसंयोजकमा रामचन्द्र खरेल निर्विरोध भएका छन् । त्यस्तै युरोप क्षेत्रीय संयोजकमा कुमार पन्त, क्षेत्रीय सहसंयोजकमा लक्ष्यबहादुर गुरुङ, मध्यपूर्व संयोजकमा नरेन्द्रबहादुर भ ट्ट  र सहसंयोजकमा लोकनाथ सुवेदी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै एसिया प्यासिफिक संयोजकमा यमकुमार गुरुङ, सहसंयोजकमा किरण थापा, ओसियाना संयोजकमा मन खत्री र सहसंयोजकमा निरज श्रेष्ठ निर्विरोध भएका छन्
नवनिर्वाचित अध्यक्ष लामिछानेले संघको प्रवक्तामा वेलायत निवासी डा. हेमराज शर्मालाई नियुक्त गर्नुभएको छ ।

0 comments

Leave a comment