BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

कतारमा १०२ औं लक्ष्मी जयन्ती मनाउने तयारी

Published on Tuesday, October 18, 2011 2:14 AM // ,


राजेश्वोर ढकाल, दोहा - अन्तराष्ट्रिय नेपाली साहित्यि समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक मोबाइल पुस्तकालयको संयुक्त आयोजनामा आगामी ११ नोभेम्वर शुक्रबारका दिन १०२ औं लक्ष्मी जयन्ती मनाउने भएको छ । सधैं झैं यसपल्ट पनि नेपालका ख्याती कमाएका श्रष्ठाहरुलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिने उक्त कार्यक्रमलाई सफल बनाउनको लागि विभिन्न समितिहरुको गठन गरिएको छ ।



समितिको संयोजकत्वमा दीपक भेटवाल छनोट गरिएको छ भने उप संयोजकमा चचिर्त ढुंगेल, सचिबमा तिर्थ संगम राई र सदस्यहरुमा हेमन्त परदेसी, राम ढुंगेल, दिलिप अविरल, इन्द्रमणी नेपाल, सागर अजनबी चयन भए । त्यसैगरी उपसमितिको प्रचार प्रसार संयोजकमा राजेश्वर ढकाल सदस्यहरुमा प्रेम लामा, राजेश रुम्बा लामा, अविरल यात्री, आथिर्क संयोजकमा इन्दु गिरि, सदस्यहरुमा जगतराम बर्देवा, अतृप्त कमल, सन्तोस सगुन, व्यवस्थापन संयोजकमाबिमल गिरि, सदस्यहरुमा फडिन्द्र शान्त, ज्ञानेन्द्र अम्गाईलाई चयन गरिएको छ । स्मरण रहोस गत वर्ष पनि यी दुई संस्थाले लक्ष्मी जयन्ती विषेश कार्यक्रममा नेपालबाट बरिष्ठ साहित्यिकार तथा समालोचक अभि सुवेदीलाई आमन्त्रित गरेको थियो ।

0 comments

Leave a comment