BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

कविता

Published on Monday, December 5, 2011 8:19 AM //


आदिकवि भानुभक्तको १९८ औं जयन्तीको अवसरमा अन्तर्राष्टिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतारद्धारा जुलाई ८ मा आयोजित कविता प्रतियोगितामा दितिय स्थान प्राप्त गर्न सफल कविता । 

  -राजेश्वर ढकाल
"सिङ्गो देश बोकेर फर्कन्छु ।"

                          
सिङ्गो देश काधमा बोकेर
धाउछु म बिहान बेलुका 
खोरिया पाखा र चौतारा

लिगलिगकोटको टुप्पोबाट
चल्छ बतासका वेग
ठोक्किएर धनेको बिर्खे टोपीमा
उड्दै उड्दै आईपुग्छ 
मेरो घरको उदाङ्गो छानोसम्म
र गिज्याउँछ मेरो गरिबीलाई

सुनगाभा जस्तो बैंश 
लाली गुराँस जस्तो नानीहरु
आगनमा फुलिरहदा
म चैते दशैको एक साँझ
सिद्धार्थ बनेर हराउँछु
गाँस बास र कपासको
मोक्ष प्राप्ती गर्न कुनै बिरानो देश
अपरिचत नागरिकहरुको नगर
जहाँ फुलिरहेका छन् 
तातो घाममा कुमारी बैश
समुन्द्रका किनाराभरि 
मानिसहरुको कृतिम सपना ।

हरेक दिन एउटा नौलो जीवन
हरेक प्रहर नयाँ परिघटनासँग
सुस्केरा हाल्दै निस्कछु म 
उँटको बजार खजुरको बस्तीमा
जहाँ उँटहरु÷खजुरहरु
लस्करै उभिएकाछन्
पृथ्वी नारायण शाहको
सिपाहीहरु जस्तै ।
तर किन मलाई
मेरो देशको आयतन 
र यो रेगिस्तानको बगर
उस्तै लाग्छ 
दुरुस्तै लाग्छ 
यहाँ हामी सिङ्गो देश
छातिभित्र बोकेर बाँचेका छौ
देशभित्रका मानिसहरु
देशलाई छिमेकीको कन्टेनरमा
फालेर बाँचेका छन् ।

अब म मेरो देश फर्कन्छु 
सगरमाथाको शिखरबाट
एक अंजुली सद्भाव ल्याउँछु
केचनाको फाँटबाट
एक मुठ्ठी शान्ति ल्याउँछु
गोरखाको किल्लाबाट 
शान्ति सम्बृद्धी र एकताको
बिगुल फुक्छु । 

बगुवा-६गोरखा
हाल-कतार



 ·  ·  · Share · Delete
    • जगत राम बर्देवा pratek nepaliko mutuko bhaka okaleko kabitalai salam ani namaste.pragatiko kamana ajhai pani .yo ghaite daiko............................
      July 16 at 11:39am ·  ·  1
    • Sagar Ajanabi sundar kabita man mutu choyo ajhai pragati ko kamanaa mitra lai
      July 16 at 11:41am ·  ·  1
    • Nirajan Subu Luitel मन छुने कविता /पून बधाई राजेश्वर जी
      July 16 at 12:02pm ·  ·  1
    • Krishna Wasti सुन्दर
      July 16 at 12:17pm ·  ·  1
    • Sukumar Shrestha kabita ramro lagyo utter_utter pragatiko kamana bhai lai
      July 16 at 12:18pm ·  ·  1
    • Niranjan Thapa Chhetri mutu chune mero daju timro kabita
      July 16 at 12:30pm ·  ·  1
    • Hemant Paradeshi यो ओजपूर्ण कविताले उसै दिन पनि निक्कै मन तानेको थियो । आज फेरि पढ्न पाइयो झनै खुशी लाग्यो । खट्किएको यौटा सानो कुरा राखि हालौं -सायद ब्यस्तताका कारणले होला दीपकजीले प्रमाणपत्रमा हस्ताक्षर नै गर्नु भएन रहेछ । कविताका लागि भाइलाई फेरि पनि बधाई !
      July 16 at 12:38pm ·  ·  1
    • Rajeshwor ढकाल he he teslai ta teti nihalnu hudaina holaa bhanera post gareko hemanta sir le thaykai dekhi halnu bhaye 6 .... dhanna malai nai pare6 yo ....aba bhet ma signature garnu parlaa .
      July 16 at 12:44pm ·  ·  1
    • Tara Thapa Magar बाधाई ,,,,,,,,,,,,,,,,,,,,,,,,!!!!!!!!!!!!!!!!!!!!!!!!!
      July 16 at 12:51pm ·  ·  1
    • Chudamani Kafle 
      Deshbhaktile otprot kabita tag garnu bhaeko ma dhanyabad.....bastav ma hami jati sukai bhautik shukhako pachhadi daudiye pani sachha nepali ho bhane yo mann aakhira nepalkai dada pakha gau ghar mai rahirahanchha ra jaha bhaye pani deshko ma...See More
      July 16 at 1:01pm ·  ·  1
    • Mahendra Rai ma chai singai desh bokera aau6u tyatai babu......well badai6 hai.
      July 16 at 1:13pm ·  ·  1
    • Mahesh Gajurel गरिब (खाडी मुलुकमा रहेका हामी प्रदेशी) को सहि चित्रण!
      July 16 at 1:27pm ·  ·  1
    • Toshonik Pasang Tapaiko 'shabdaharu' sanggai maile nadekheko gaauharu ghume, janmabhumiko sparsha gare ani paraibhumima aafno astitwa samjhera aafnai bhumi farku jasto po banayo! kabitale man 6un6a, tag gardinu bhayakoma dherai2 dhanyabad hajurlai..!
      July 16 at 2:31pm ·  ·  1
    • Santosh Sitaula baachan saile pani nikkai ramro rajeshwor ji ko...feri ek patak badhai dinchhu yo sundar kabita ko lagi!
      July 16 at 7:32pm ·  ·  1
    • Maheshwor Nepal Rajshwor Ji badhai chha hai 2nd bhayeko ma
      July 17 at 10:34am ·  ·  1
    • Saroj Thapa यो ओजपूर्ण कविताले उसै दिन पनि निक्कै मन तानेको थियो । आज फेरि पढ्न पाइयो झनै खुशी लाग्यो । कारण बस त्यो दिन म कार्यक्रम को अन्त्य सम्म बस्न पनि पसकिन त्यसैले बधाई सम्म दिन सकिन यहि बाट बधाई भन्न चाहन्छु ।। धन्यबाद मेरो नाम सम्म ट्याग गरि दिनु भएको मा राजेस्वर जी ! ....
      July 18 at 4:16am ·  ·  1
    • Mahendra Biyogi Gurung मैले केहि बोल्नु भन्दा पनि माथि अग्रज ज्यु हजुरले नै बोलि सक्नु बएको छ हजुरको यो पर्गतिसिल कलम अझ ससक्क्त हुदै जाओस सुभकामना
      July 18 at 10:34pm ·  ·  1

0 comments

Leave a comment