BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

अविस्मरणीय घटना !

Published on Monday, December 5, 2011 8:51 AM //


वि.स २०६० सालको फाल्गुन चैत तिरको कुरा हुनुपर्छ । म कक्षा १० को टेस्ट परिक्षाको दौरानमा थिए । म परिक्षाको समयमा पनि १० बजे भन्दा धेरै बेलुकी बस्दिन थिए अनि विहान पनि ५ बजेको आलम लगाएर सुत्थे उठन मन लागे उठेर पढ्थे नत्र अल्छि गरेर सुतिरहन्थे । आमाले चाहि कराउनु हुन्थ्यो परिक्षाको बेलामा  नपढेको  भन्दै तर म सुनेको नसुनेको गर्थे । मलाई अझै पनि त्यो दिनको याद छ जुन दिन म कहिले विस्रन सक्दिन र त्यो दिन सम्झदा एक्लै हांसो लाग्छ । कुरो कक्षा १० को टेस्ट परिक्षाको नै हो । छैठौं दिन सामाजिक विषयको परिक्षा थियो । सामाजिक परिक्षामा पासमार्क ल्याउन त्यति गाह्रो लाग्दैन थियो त्यसैले बेलुकी ९ बजे नै सुते अनि विहान ५ बजेको घडिमा आलम लगाए । घडिको आलमले आफ्नै समयमा मलाई बिउझ्ायो । यसो कितावको पानाहरु पल्टाएर आधा घण्टा जसो नजर डुलाए । अनि आ जे पर्ला पर्ला सुत्छु भन्नेर ५ ः ३० मानै सुते । उताबाट आमाले गनगन गर्दै कराउदै हुनुहुन्थ्यो म सुनेको नसुने गरेर बत्ति निभाएर झकाउन पुगेछु । 
                               ( हाम्रो ६ जनाको परिवार हो । ठुलो दिदीको विहे भै सकेको थियो बुबा पनि रोजगारको सिलसिलमा भारतमा हुनुहुन्थ्यो । घरमा आमा दाई कान्छि दिदी र म थियौ । मेरो कोठाको दाया साईडको बेडमा दिदी फ्वा फ्वा गर्दै निदाई रहनु भएको थियो । अर्को कोठामा आमा अनि बाया साईडको अटलिमा दाई सुत्नु भएको थियो । )

 झकाएको केही समयमा मेरो आंखामा एउटा आकृति आयो । त्यो आकृतिको ब्यक्ति मेरै गाउँको र म संग २,३ कक्षामा  संग नै पढेको साथी थियो उ पढन छोडेर लाहुरे बन्न डिल्ली तिर लागेको थियो । अनि त्यहि साथी मेरो आकृतिमा आयो । सेतो पोसाकमा आएको उक्त आकृतिको ब्यक्तिले मलाई एकतमासले हेरीरहयो । मैले पनि त्यस आकृतिलाई एकतामस उस्ले हेरेको जस्तै गरि हेरिरहे । सायद मेरो हेराईले होला उ मेरो नजिक नजिक हुदै विस्तारै मेरो सामुन्यमा आयो अनि बिस्तारै मेरो नजिकै बस्न लागेको झै गर्यो । उस्ले दुवै हातले मेरो घाटि निचोरन लागेको आभास मलाई भयो र म एक्कासी चिच्याउन थाले चोर चोर…॥ चोर चोर……॥ म चिच्याए पछि त्यो आकृति खाटामुनि तिर भागेको आभास मलाई भयो । म झनै जोड जोडले चिच्याउन थाले चोर………चोर……। खाटामुनि छिरेको छ ……। खाटामुनि छिरेको छ …॥भन्दै चिच्याउन थालेछु । मेरो दाया साईडको बेडमा निदाई रहनु भएको  दिदी पनि म संग नै स्वर मिलाउदै चोर चोर भन्दै चिच्याउनु भयो । अनि त के चाहियो र पुरा गाउनै हल्लियो हाम्रो आवाजले ।
                               आमा चिच्याउदै कान्छा कँन्छा - के भयो भन्दै आतिदै मेरो सामु आउनु भयो म चाहि हात खुट्टा जोडले बज्रादै चिच्याइ रहेको थिए चोर…खाटामुनी…॥यीनै शब्दहरु दोहोराउदै । आमाले कान्छा कान्छा भन्दै विझाउने कोशिष गर्दा दुईचार लात्ति त आमाले पनि खानु भएछ । आमा र दाई अँएर मलाई निकै बेर घच्घचाए पछि बल्ल बिउझिए । दाईले दिदी तिर हेर्दै त किन कराएकी नि भन्नु भयो दिदीले चाहि मलाई के थाहा एक्कासी यो चिच्याउन थाल्यो चोर चोर भन्दै म पनि होला भन्दै कराएको भन्दै हास्न थाल्नु भयो । मेरो घर भन्दा तल काकाहरुको र ठुलो बुबाहरुको घर थियो माथि तिर पनि माइला काकाको र दाईहरुको घर थियो । म चिच्याएको आवाजले उहाँहरु पनि के भयो भन्दै घरमा आउनु भयो । तल काका काकिहरु लठ्ठीहरु हातमा लिएर अटलीबाट आउँछ चोर भन्दै कुरदै बस्नु भएको रहेछ । के भयो भन्दै सोध्न थाले पछि ए केही होइन सपना देखेको रहेछ भन्दै दाई आफ्नो कोठा तिर लाग्नु भयो । आमाले खाटामुनि तिर हेर्नु भयो बाहिर अटली तिर सबै हेर्नु भयो केही देखिएन । आमाले छल्न आएको हो भन्दै , मेरो लागि खाजा बनाउन भान्छा कोठा तिर लाग्नु भयो । म पनि परिक्षा दिन जानको लागि तयार भए । म नजिकै का गाउँका ३,४ जना साथिहरु पनि परिक्षाको तयारीको लागि उठेका थिए,उनीहरुले त्यो हो हल्ला के हो भन्ने थाहा नपाए पनि हो हल्ला भने सुनेका रहेछन, मलाई देख्ने वित्तिकै के भएको आज तिम्रो घरमा भन्दै सोध्य । मैले केही होइन भनेर ढाटी दिए । आज त्यो घटना घटेको पनि ८ वर्ष भइसकेछ तर मेरो मानसपटलमा भने ताजै छ,अनि म त्यो घटना सम्झेर एक्लै पनि हांस्ने गर्छु ..... । 
"समाप्त "

  • Tara Thapa Magar चोरले लागेको निन्द्राले सामाजिक शिच्याको नतिजा कस्तो निस्क्यो नी ..??
    August 21 at 1:41am ·  ·  1

  • अतृप्त कमल Yastaa bhaamik drishyale kahile kaahi jhaskaaune maatra haina saachchai nai ahit garekaa dherai ghatanaaharu chhan.
    Je hos tapaaiko anubhawa padhne maukaa dinu bhayo.Ati khusee laagyo.Dhanyabaad!!
    मेरै गाउँको र म संग नै २३ कक्षामा/yahaan sachyaaunu hai.

    August 21 at 1:51am ·  ·  1

  • Rajeshwor ढकाल Thank u kamal jee shubhajhab ko laagi .
    August 21 at 1:53am · 

  • Prakash Dhakal hhahahhaahhaha dai yasto pani bhayako thio yaha hamro room am pani yauta sathi yastai gharcha sadai chor bhandai karaucha....
    August 21 at 2:06am ·  ·  1

  • Charcheet Dhungel hansa.
    August 21 at 6:29am ·  ·  1

  • Sagar Ajanabi hasayo heheheh mitra ko lekha le
    August 21 at 8:06am ·  ·  1

  • Niranjan Thapa Chhetri haaaaa malai pani testi hun6 bro kahayle kahayle
    August 21 at 8:40am ·  ·  1

  • Maheshwor Nepal Ha ha ha pahilyai sune ko ghtana lai padhne mauka dinu bhayeko ma dhnyabad rajeshwor ji lai
    August 21 at 9:14am ·  ·  1

  • Bhakti Prasad Paudyal राजेश्वरजी ! मैले त चोर पकडेर त्यसका दाँत भाँचिने गरी मुक्काले बजारेको छु । तर तखताको बेरामा जोड्नीमा लागे छ । मेरो हातलाई हस्पिटल पुर्याउनु पर्यो । कक्षा नौमा पढ्दा ।
    August 21 at 10:02am ·  ·  3

  • Nabin Lama अझै पनि कहिले काँही सपनामा कसै सँग झगडा गरेको वा कसैलाई गाली गर्दैछु या त कोही सँग दिनमा भएको वार्तालाप हुबहु सबैले बुझ्ने गरी बोली पठाउँछु म त ।
    अनी त्यो आकृती भन्ने चिज चै के हो मलाई नि थाहा भएन तर मेरो जीवनमा पनि धेरै चोटी त्यस्ता घटना घटेका छन् त्यो आकृतीले आफुलाई थिच्यो वा घाँटीमा निचोर्यो भने असलमा हाम्रो श्वास प्रश्वासमा असर पार्छ अनि ऐठन हुन्छ भनेको त्यही होला ।

    August 21 at 7:23pm ·  ·  1

  • Maheshwor Nepal Ha ha ha yo kahani sunayeko din rajeshwor ra ma ratbhari hasera baseka thiyeu
    August 21 at 9:31pm ·  ·  1

  • Rajeshwor ढकाल birsiyako 6na mitra .........kaha birsanuni ....
    August 21 at 9:49pm · 

  • Balendra Gf अरु त सबै ठिकै हो दाजु सर दिदी पनि सोरमा सोर मिलायर चोर चोर भनेको मा त मलाई पनि साह्रै हाँसो उठ्यो,,,।। साँच्ची बालापनका कोहि यस्ता घटना हुन्छन जो चाहेर पनि कहिल्लै भुल्न सकिदैन।।। हा हा हा खुट्टा तानेर.......,,।
    November 29 at 11:41am ·  ·  1

0 comments

Leave a comment