अनेसास नबोदित नबौ डबली भब्यताका साथ सम्पन ।
Published on Saturday, December 10, 2011
12:17 AM //
Headlines,
प्रबास समाचार
![]() |
भोलाथापा क्षेत्री
दोहा–
‘यस्तै छ महल झूप्रो छ सुनसान
भत्कदा झुप्रो महलको गुनगान’ फणिन्द्र शान्तका यीनै गजलका शेरहरु संग सुरु भएको अन्तराष्ट्रिय नेपाली साहित्यि समाज कतार च्याप्टर र नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतारको संयुक्त आयोजनामा हुदै आएको अनेसास- नबोदित "नबौ डबली" गत डिसेम्बर ९ तारीको दिन दोहा स्थीत टप फ्रम रेष्टुरेन्टमा भब्यताका साथ सम्पन भएको छ ।
नवोदित साहित्यिक मोवाइल पुस्तकालयका संयाजक राजेश्वर ढकालको संयोजकत्व र संचालनमा भएको काकार्यक्रमा विशष्टि स्रोताको रुपमा गैर आवासिय नेपाली संघ राष्ट्रिय परिषद कतारका सल्लाहकार पेशा कर्मी बिलबहादुर गुरु उपस्थिती थियो ।
कार्यक्रममा मोवाइल पुस्तकालयका सचिव तथा ब्यङकार तथा गीतकार चर्चित ढुंगेलले गीतको बारेमा ,बुद्धिजीवी शिखर वैद्यले कथाको बारेमा केही जानकारी दिएका थिए भने मोवाईल पुस्तकालयका का.अध्यक्ष्ँ तथा रेगिस्तानी कवि तिर्थ संगम राईले वाचित कविताहरुको बारेमा टिकाटिप्पणि गरे ।
अनेसास कतारका निबर्तमान अध्याक्ष दिपक भेटवलले हामीमा अध्ययनको कमी भएको बताउर्दै र खाली साधुरो धेरामा मात्र सिमित भएको तर्क राखे । उनले लक्ष्मी जयन्तीको अवसरमा कतार आएका साहित्यकार तथा समालोचन प्रँ.डा. गोविन्द राज भटाराईले कतारका साहित्यअनुरागीहरुको बारेमा एकै शब्दमा बिम्बात्मक पाराले ‘घासँ कम खादा रहेछ’ (पुस्तक कम पढ्ने) भनेर भन्नेका छन , भन्दै आगामी दिनमा हामी अध्यन्न संगै साहित्यिलाई फराकिलो ढंगबाट सोच्नु र सृजना गर्न सर्जकहरुलाई जोड दिए ।
‘नजरले मलाई नजरमै डुलायौ
मजाले बगैचा बगरमै फुलायौ’
छन्द कवि तथा जुनको उज्यालोमा कविता लेख्ने कवि भनेर चिनिएका बरिष्ठ साहित्यकार बद्रीप्रसाद पराजुलीले सुत्र कविता,गजल तथा रोचक मुक्तकले सबैको वहा वहाही बटुल्न सफल भएको थियो । कार्यक्रममा ३ दर्जन सर्जकहरुले कविता ,गीत , गजल ,मुक्तक,लधुकथा पस्केका थिए ।
स्मरणरहोस यो साहित्यिक डबलि साहित्य सृजना गर्ने नवसर्जकहरुको लागि एउटा राम्रो पेल्टफर्म हो । यहा“ रचना वाचन संगै अग्रज सर्जकहरुबाट साहित्यका विभिन्न विधाका बारेमा सिक्ने अवसर पनि मिल्नेछ ।
![]() |
0 comments