BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

हसाए धुर्मुस,सुन्तलीले,नचाए स्वरुपले

Published on Saturday, January 7, 2012 9:37 AM // ,



दोहा–‘कोही भन्छन ओकिल राम्रो
कोही भछन नेता राम्रो
कोही भन्छन यता राम्रो
कोही भन्छन उता राम्रो
जो सुकैले जे भने पनि
मलाई कतारको ठिट्टा राम्रो...’ लोकदोहोरी गायिक  ज्वती लोहनिका यीनै मुक्तक हरफहरु सुनाउदै स्टेजमा उपस्थिती हुदा दर्शकहरुको गडगडाहट तालीले हलनै गुन्जयमान भएको थियो ।
     अंग्रेजी नया“ वर्षको अवसरीमा इन्टिग्रल ट्रेडिङ एण्ड कन्ट्रयाकटिङ कम्पनी ,सम्सरा थकालि भान्छा घरको संयुक्त प्रायोजन र आदित्य राजको आयोजकत्वमा  भएको ‘नव वर्ष नेपाली सांस्कृतिक कार्यक्रम’मा नेपालबाट आएका कलाकारहरुले खुबै झुमाए ।
चिसो चिसो मौसममा कार्यक्रम हेर्न आएका दर्शकहरुलाई नेपाली र भारतीय कलाकारको प्रस्तुतीले तताउन सफल भयो ।
कार्यक्रममा लोकदोहोरी गायिका ज्वती लोहनिले‘मन परेको फुल खसेको...’, ‘लाउरे दाईको बोलि असल...’, ‘हावा चल्यो सरर..’, बोलको गित प्रस्तुत गरिन । ‘सुनकोसि शुसेलेको दुध कोशिले सुन्छ...’,‘ओए ओए करेन्ट लाग्छ मलाई छोए...’बोलको गीतमा भोजपुरी नायिका सफलता खनालको नृत्य, गायिका जुनु रिजालले ‘डाफे झै नाच्ने हिमाल झै हा“स्ने नेपालकी छोरी हु“ म...’, कस्ले सुरुवात गर्यो होला यो माया भन्ने चिज...’, तिम्रै झल्को आउ“छ मेरो परदेशी...’जस्ता चर्चित गीत प्रस्तुत गरिन ।

गायिका देवीका केसीले‘बेसारेको मन छैन मुख मात्र...’गीत ,
गायक स्वरुप राज आर्चायले‘धेरै माया दिदा रैछन...’, ‘तिमी बिनाको जीवन...’,बलगरेर  त्यो मन त्यता मोड भन्दिन...’, ‘तिम्रो नशालु आ“खाले मार्यो...’गीत दर्शकहरुसंगै गाए, नचाए । दर्शकहरुको उल्लेखनिय सर्पोट पाएका आर्चायले दर्शकहरुको र्फमाइसमा ‘बल गरेर त्यो मन यता...’ बोलको गीत गायका थिए ।
 ‘सुनखरी सुनगाभा जस्तो यो मन...’ गीतमा स्थानिय कलाकार समिक्षा श्रेष्ठ र रिता आलेमगरको आर्कषक युगल नृत्यले पनि अन्समोर अन्समोर प्राप्त गर्न सफल भयो । नेपाली कलाकार संग इन्डियन कलाकार विना नैरको कथक नृत्यले पनि दर्शकको मन छुन सफल भयो ।
नायिका सुस्मा कार्कीले‘बिक्दैन यो जोवन छमछम बज्ने पैसामा...’,‘चिसो यो रात बैशालु मात...’आइटम डान्स र ‘चन्चले मन फुल्यो...’गीतमा नृत्य प्रस्तुत गरिन । लोकदोहोरी गायक बद्री पंगेनीले‘मुस्ताङको स्याउ कुईयो...’गीत प्रस्तुत गरे ।
     ‘मुन्नि बदनाम हुई डालि¨ तेरेलिए...’ बोलको हिन्दीगितमा नृत्य प्रस्तुत गर्दै गाउ“ले परिवेशमा स्टेजमा देखा परेकी सुन्तली(कुन्जना घिमीरे)ले वाह ! वाही ! बुटुलिन । जब उनको जोडी धुर्मुस ( सितारमा कट्टेल) पनि आए झनै स्टेजको रौनकनै बदलिदिएका थिए । हास्यकलाकार द्धव धुर्मुस र सुन्तलिको ‘सच्चा मान्छे’ प्रहशनमा नेता देखी,कलाकार र जन्ता देखी प्रसासनलाई समेत तिखो ब्यङग गर्दै हसाउन सफल भए । ४५ मिनेट चलेको यस प्रहसनलाई दर्शकहरुले खुवै रुचाएका थिए । कार्यक्रममा धुर्मुसको नेताहरुको क्यारीकेचर पनि निकै आकषर््ाक बनेको थियो ।
गायिका देवीका केसीले ‘बेसारेको मन छैन मुख मात्रै...’बोलको गीत प्रस्तुत गर्दै
‘सबैले भन्छन देवीका के.सी च्वाक छे
म भन्छु काली
मन पर्नेहरुले निर्धक्क भने हुन्छ
म हु“ तपाईहरुको साली...’मुक्तक पस्केकी थिइन ।
 कार्यक्रमको अन्तमा देवीका केसी ,बद्री पंगेनी र ज्योती लोहोनी विचको‘म त नेपाली खाजा मिठो नेवारी , खाना मिठो थकाली...’भाकामा दोहोरीको घम्साघम्सी चलेको थियो ।
इन्टिग्रल ट्रेडिङ एण्ड कन्ट्रयाकटिङ कम्पनी ,सम्सरा थकालि भान्छा घरको संयुक्त प्रायोजन र आदित्य राजको आयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा एनआरएन अँइसिसि निर्वतमान उपाध्यक्ष सागर नेपाल,कास्कि आर्दश सेवा समाजका अध्यक्ष रामप्रसाद गौतम,एनआरएन एनसिसि सचिव विनोद भट्टराई, बुद्धिजीवी कमलमणि गुरागाई, पेशाकर्मी लक्ष्मण खतिवडा लगायको उपस्थिती थियो । नेपाली चलचित्रको हट एण्ड बोल्ड नायिका सुस्मा कार्कि र लोकदोहोरी गायक वद्रि पंगेनीको ठट्टयाउली संचालनले पनि कार्यक्रमलाई सुनमा सुगन्ध थपेको थियो ।

कलाकारले गरे सम्मान । 
दोहा–सांगितिक प्रस्तुती देखाउन आएका कलाकरले आयोजकलाई सम्मान गरेका छन । आयोजक इन्टिग्रल ट्रेडिङ एण्ड कन्ट्रयाकटिङ कम्पनी ,सम्सरा थकालि भान्छा घरको र आदित्य राज प्रडक्सनका प्रोपाइटरहरुलाई सम्मान गरेका हुन ।  उनीहरुले पाल्पाली ढाका टोपी तथा खादा ओढाएर सम्मान गरेका थिए । नेपाली कलासंगितलाई प्रवासमा रहेर पनि माया गरेको बताउदै उनीहरुले सम्मान गरेका हुन ।

                   –राजेश्वर ढकाल

0 comments

Leave a comment