BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

अनेसास + नवोदित १० औं डबलि सम्पन्न I

Published on Sunday, January 15, 2012 12:54 AM // ,


                                          - रामप्रसाद ढुंगेल

दोहा–"जे गर्नुछ आजै गरौं भोली भन्नुहुन्न
संस्कृती हो त्यस्तो जावा चोली भन्न हुन्न
राष्ट्र र राष्ट्रियता जोगाउन नेपालीले
छात्ति थाप्न सक्नु पर्छ गोली भन्नु हुन्न... । "
तनहुँका सोम थापाको यो मुक्तकसँगै अघि बढेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार शाखा र नवोदित साहित्यिक मोबाइल पुस्तकालयको दसौं डबलीमा देशप्रेम, मायाप्रीति र प्रवासी बेदनामा मात्र होइन, देशका गैरजिम्मेवार नेताहरुप्रति स्वाभाविक आक्रोस पस्किरहँदा तालीको गतिलो पर्रा छुटेको थियो । करिब दुई दर्जन कवि मनहरु आप्ना भावना, वेदना र अनुभूतिलाई कविता, गजल, मुक्तक, हाइकु र रुवाइमा पोख्न अंग्रेजी महिनाको दोस्रो शुक्रबार यसरी नै कतारको राजधानी दोहाको करिब मध्य भागमा पर्ने टप फर्म रेस्टुरेन्टमा भेला हुन्छन् । अनि सुरु हुन्छन् भावना र अनुभतिहरुको आदानप्रदान । <--more--> कार्यक्रममा सभापति, प्रमुख अतिथि विशिष्ट, आसन ग्रहणलगायत कुनै पनि औपचारिकता निर्वाह गरिँदैन । हरेक महिना फरकफरक संयोजक तोकिन्छन् र उसैले कार्यक्रम सञ्चालन गर्दछन् । सष्ट्रा र साहित्यानुरागीहरुले कुनै भूमिका वा भाषण गर्न प्रतिबन्ध गरिएको यस कार्यक्रममा सोझै आफ्ना रचना वाचन गर्ने व्यवस्था छ । कार्यक्रमको मिति र समय पूर्वनिर्धारण गरिएको समय अर्थात् हरेक अंग्रेजी महिनाको दोस्रो शुक्रबार दिनको ठीक ३ बजे सुरु भई ५ बजे अन्त्य गर्ने गरिन्छ । यही तालिका अनुरुप अनेसास–नवोदित साहित्यिक शृङ्खलाको दसौं डबली गत १३ जनवरीमा सम्पनन भयो ।


डायस्पोरामा रहेर मासिक रुपमा नियमित सञ्चालन भइरहेको यस्तो कार्यक्रम सम्भवत विश्वमै पहिलो भएको अनेसासका निवर्तमान अध्यक्ष दीपक भेटवालले बताउँदै अग्रजहरुका स्तरीय पुस्तकहरु अध्ययन गरेको खण्डमा आफ्ना रचनामा मिठास थपिनेमा जोड दिएका थिए । गोरखाका ज्ञानेन्द्र आम्गाईले यसपालि घरेलु कामदारको रुपमा खाडीमा काम गर्ने नेपाली चेलीबेटीहरुका विवशतालाई लोकलयमा पस्किएर सहभागी सबैलाई स्तब्ध बनाए ।
तनहुँकै गोविन घायलले आफ्ना घाइते भावनालाई यसरी उने –
घायल मेरो जिन्दगीले धेरै दुःख पा’छ हेर
चोट, व्याथा मुटुभरि अनगिन्ती ला‘छ हेर
कतारको साहित्यिक माहोलमा रेगिस्तानी कविका रुपमा परिचित लेटाङ, मोरङका तीर्थ संगम राईले आफ्ना बिम्बात्मक ३ छोटा कवितामात्र सुनाएनन्, जेनेभा विश्वविद्यालयमा भाषा र साहित्यमा विद्यावारिधि गरिरहेकी कवयित्री सन्जना खड्काका तीनवटै छरिता कविता वाचन गरेर कार्यक्रममा नौलोपन दिने प्रयास गरे । गजल लेखनमा विशेष रुचि राख्ने चम्पापुर झापाका फणिन्द्र शान्तले सामाजिक र राजनीतिक विसंगतिका बारेमा चोटिलो प्रहार गरेर कार्यक्रममा नया ऊर्जा थपेका थिए ।

मैथिली कविका रुपमा परिचित जनकपुरका अब्दुल रज्जाकले मिथिलाञ्चलका नेताहरुमा बढ्दै गएको हिन्दी भाषाप्रतिको मोहलाई कटाक्ष गर्दै मैथिली भाषालाई माया गर्न सुझाव दिएका थिए आफ्नो मैथिली कवितामार्पत । छोटो समयमा व्यङ्ग्यकार अनि कविको परिचय बनाएका झापाकै चर्चित ढुंगेलले कतारमै कार्यरत गजलकार भानु सुनुवारको नवप्रकाशित गजलसंग्रह “रहरको बिस्कुन”बारे आफ्नो समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । कार्यक्रममा कार्यक्रममा बद्रीप्रसाद पराजुली,सागर अजनवी, इन्द्रमणि नेपाल, अनन्त पोखरेल, सन्तोस सगुन, राजेश रुम्बा राई, रामकृष्ण आचार्य, जगतराम बर्देवा, राजेश्वर ढकाल, भानु सुनुवार,गोविन घायल, रामकृष्ण अर्याल,गौतम वि.क सन्देश,फणिन्द्र शान्त,दिलिप अविरल लगायतले आआफ्ना रचना वाचन गरेका थिए ।

विशिष्ट श्रोतानेपाल इन्जिनियर्स एसोसिएसन कतार सेन्टरका ई.अध्यक्ष अर्जुनप्रसाद भट्टराईले आफुलाई विशिष्ट स्रोता बनाएकोमा कृतज्ञता प्रकट गर्दै सफल गर्दै नयाँ वर्षको शुभकामना दिएका थिए । उनले साहित्यिमा आफु त्यती दख्खल नभएपनि वाचित रचनाहरु सबै यर्थाथता ,सान्र्दभिक र सन्देश मुलुक भएको बताउदै आफु र आवद्ध संस्था सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउदै करी ५ सय सहयोग गरेका थिए । उनले सबैलाई सकारात्मक सोचका साथ सबैलाई अगाढी बढन आग्रह समेत गरे ।

नेपाल इन्जिनियर्स एसोसिएसन कतार सेन्टरका ई.अध्यक्ष अर्जुनप्रसाद भट्टराई विशेष श्रोता रहेको उक्त कार्यक्रमको संयोजन तथा सञ्चालन नवोदित साहित्यिक मोवाइल पुस्तकालयका सदस्य अतृव्त कमलले गरेका थिए । आयोजकले फेबु्रअरीको डबली साहित्यिक वजभोजका साथ गर्ने र मार्चको वार्षिकोत्सवमा एक साहित्यिक स्मारिका प्रकाशन गर्ने जनाएको छ ।




तस्विर -राजेश्वर ढकाल

0 comments

Leave a comment