BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

लोकदोहोरी गायिका मुना थापालाई पाँच प्रश्न

Published on Saturday, August 25, 2012 11:18 AM // ,


-राजेश्वर ढकाल
लोकदोहारी क्षेत्रमा आफुलाई स्थापित गराई सकेकी मुनाथापा मगर अहिले दर्शकहरुको रोजाईकी गायीका मध्यमा पछिर्न । आफ्नो कलाको माध्यमबाट देशको विभिन्न भागमा स्टेज कार्यक्रम गरिसकेकी मुनाथापा मगरले मुलुकबाहिर पनी १ दर्जन जति देशको भ्रमण गरिसकेकी छिन ।
“चिसो चिसो हावा सरर…”, “माया आफै हुदो रैछनी…”, “सम्झना मनैमा…”, “मैले मन पराएको…”,  ”रुवाये साराले…”, “तिते करेलीले…”, “हेर्छौं ओठ टोकी…”, “फोन गर है दिनमा एकफेर…“, जस्ता चर्चित गीतहरु  गाईसकेकी मुना थापा मगरले २५ सय भन्दा बढि गीतहरुमा आफ्नो स्वरदिई सकेकी छिन ।  

उनै मुना थापा मगरसंग एनक्युखबरले सोधेको पाँच प्रश्न ।

एनक्युखबर-तपाईलाई आफ्नो शरिरको कुन चिज बढि मन पर्छ ? किन ?
मुनाथापा मगर- आँखा । त्यस्तो खासै कारण त छैन ,तर मलाई अरु भन्दा आफ्नो शरीरको आँखा बढी मन पर्छ । अरुले पनि आँखा निकै राम्रो छ भन्छन ।
एनक्युखबर-तपाईलाई मन पर्ने परिकार के हो ?
मुनाथापा मगर- चिकेन म.म
एनक्युखबर- कुन ठाउँमा घुम्न जान रुचाउनु हुन्छ र किन ?
मुनाथापा मगर- पोखरा । त्यहाँको शान्त बाताबरण ,मनमोहक दृष्श्यहरु ,ताल र नजिकबाट हिम श्रिङ्गखलाहरुको अबलोकन राम्रो लाग्छ ।
एनक्युखबर- तपाईको फ्यानहरुलाई थाहा नभएको कुरा के हो ?
मुनाथापा मगर- म आधुनिक गीत पनि गाउछु । म लोक गायिका भए पनि सुगम संगितको फ्यान हुँ ।
एनक्युखबर- तपाईलाई मन पर्ने नेता ?
मुनाथापा मगर- युवा नेता गगन थापा । आफ्ना कुराहरु प्रष्ट र तार्कीक रुपमा राख्न सक्ने भएको कारण ।

0 comments

Leave a comment