BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

कतारमा खुल्ला गजल प्रतियोगीता ,दोलखाका राजु प्रथम

Published on Monday, August 27, 2012 1:03 PM // ,




                                                राजेश्वर ढकाल /भोला थापा क्षेत्री
दोहा– ‘मध्य राति सपनीमा मेरी आमा रोको देखें
आंशु झार्दै एकनास्ले मेरो तस्विर छोको देखें...’ मुग्लानी सौगात साहित्यिक पत्रिकाको आयोजनामा १४७ औं मोती जयन्ती समारोह तथा मुग्लानी सौगात साहित्य वाचन श्रृङखलाको प्रथम वार्षिकीमा आयोजित  खुल्ला गजल प्रतियोगीता प्रथम स्थान हासिल गर्न सफल गजलको शेर हो माथीको ।
 मौसफलमा रहेर साहित्य सृजना गरीरहेको मुग्लानीले आफ्नो बार्षिकीको अवसरमा दोहामा गजल मय बनाए गत शुक्रबार । दोहाको टपफर्म रेष्टुरेन्टको सभाहलमा उल्लेखनिय सर्जकहरुको उपस्थितीमा भएको गजल प्रतियोगीतामा कुल ३३ प्रतियोगीले सहभागि जनाएका थिए ।
गजलकारहरुले प्रवासीको पीडा,आमाको ममर्ता,देशको स्थिती ,विछोड,मिलन, माया प्रेमलाई गजलको माध्यबाट प्रस्केका थिए ।



‘देशको माया“ कती हुन्छ , परदेशीलार्य सोध
मिठो सपना कती बुन्छ, परदेशीलाई सोध...’ बिजय फाम्बोले बाचित गजलको शेर हो । शान्त र सालिन रुपमा भएको कार्यक्रममा गजलका शेरहरु संगै कहिले वा † वा †को आवज भरिएको थियो त कहिले जोडदार तालीले हलनै गुन्जयमान भएको थियो ।

उक्त प्रतियोगीतामा सबै प्रतिस्पर्धीहरुलाई पछि पार्दै  दोलखाका राजु सुनुवार‘मुखिया’ले प्रथम स्थान हासिल गरे ।  बिजयीहरुलाई नगद र प्रमाण पत्रले पुरस्किृत गरिएको थियो । बिजय संगै राजुले नेरु ७ हजार, धनकुटाका नबराज नवोदित दृतिय ५ हजार ,बुटवलका अतृप्त कमलले तृतीय स्थान ३ हजार र तनहु“का सोम थापाले सान्त्वना भई १ हजार प्राप्त गरे । बिजयीहरुलाई सन्ध्या ग्रुप अलखोरका संस्थापक विष्णु के.सी, अध्यक्ष थर्चा लामा लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । निर्णायक मण्डल संयोजक श्याम रानाभाट सदस्यद्धय रवि रोषि,भानुसुनवारले भूमीका निभाएका थिए ।

अन्य सहभागि को को थिए ?
प्रतियोगीतामा  सन्तोष सिटौला ,लक्ष्मी श्रेष्ठ, टीका खड्का राष्ट्प्रेमी, उत्तम न्यौपाने , विजय फम्बो, विक्रम पालुङ्वा , नविन लोवा, ईश्वर शाहि , सिताराम थापा, सन्तोष प्यासी, दिप गा“उले, बेचन महत्तो , विन्देश्वर ठाकुर , जगत राम बर्देवा, राजन पोख्रेल, मान बहादुर कार्की, प्रकाश पोडेल‘शिरिष’,रुमन पिडा,गोबिन घायल, शम्भु कार्की, महमद सकुर , ज्ञानेन्द्र अंगाई, रमेश दर्नाल, नवराज भुजेल, सुजित नगरकोटी, प्रविन राई,विष्णु भक्त केसी लगायतले सहभागिता जनाएका थिए ।सहभागिहरुलाई कवि बद्री प्रसाद पराजुली प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

मुग्लानीको सम्मान 
कार्यक्रममा कवि तथा नियात्राकार जय छाङछा राई, कवि बद्री प्रसाद पराजुली र बुद्धीजिवि शिखर बैधलाई सम्मान गरिएको छ । प्रवासमा रहेर नेपाली भाषा साहित्यमा पु¥याको योगदानको कदर गर्दै सम्मान गरेको छ । संस्थाका संरक्षक बिष्णु के.सी,संस्थापाक अध्यक्ष सुरज तामाङ र प्रमुख सल्लहाकार बिरेन्द्र कुमार याक्थुम्बा र अध्यक्ष थर्चा लामाबाट खादा र सम्मान्न पत्र हस्तन्त्रण गरे सम्मान गरिएको हो ।

सम्मान पछि बोल्दै छाङछाले सम्मानको ऋण कसरी तिर्ने र यसको दायित्वलाई मैले कसरी पुरा गर्ने हो भन्ने तर्क राख्दै मरुभूमीमा बसेर साहित्यिक उर्बरता निरन्तरको लागि आग्रह गरे । उनले बाचित रचनाहरुले आफु देश,आमा र आफै दुखेको अनुभूती , बताए ।


                 सन्ध्या ग्रुप अलखोरका अध्यक्ष थर्चा लामाको  सभापतित्वमा भएको कार्यक्रममा  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,कतार अध्यक्ष हेमन्त परदेशी, एनआरएनए आइसिसिका निवर्तमान उपाध्यक्ष  सागर नेपाल, नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतार अध्यक्ष तिर्थ संगम राई, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतार का.व.अध्यक्ष प्रकाश आले मगर, नवोदित साहित्यिक वाचनालय कतारका का.अध्यक्ष युगयोगी राई ,सन्ध्याग्रुप कतार तथा मुग्लानी सौगात साहित्यिक पत्रिकाको संरक्षक बिष्णु के.सी.,अनेसास कतार च्याप्टरका निवर्तामन अध्यक्ष दिपक भेटवाल ,सन्ध्याग्रुपका संस्थापाक अध्यक्ष सुरज तामाङ , मोरङ्ग सुनसरी सेवा समाज गोकुल थापा ,नेपाल महिला समाज कतारका अध्यक्ष रेखा राई , अन्तर्राष्ट्रिय नेपाल कलाकार संघ अध्यक्ष डि एन मगर, नेपाल आप्रबासी तामाङ समाज कतारका अध्यक्ष शंखलाल तामाङ, नेपाली जनप्रगतिशिल मञ्च महिला प्रमुख रोजिना बस्तोला, स्याङजा संम्पर्क मञ्च कतार अध्यक्ष भेषराज पराजुली ,साहित्य अनुरागी पवित्रा खड्का लगायतको उपस्थिती रहेको थियो ।


कार्यक्रममा सभापति प्रमुख अतिथि, बिशेष अतिथिहरुबाट ब्यानर उद्घाटन, दीप प्रज्वलन , मोतीराम भट्टको तस्बिरमा माल्यर्पण , राष्ट्रिय गीत तथा शहिद प्रति १ मिनेत मौन धारण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

                   कार्यक्रममा सन्ध्याग्रुप कतारका प्रमुख सल्लहाकार बिरेन्द्र कुमार याक्थुम्वाले स्वागत मन्तब्य, प्रेम सापकोटाले मोतीराम भट्टको जीवनी र साहित्य वाचन श्रृङखलाको कार्य पत्र कार्यक्रम संयोजक दिलिप “अविरल” ले प्रश्तुत गरेका थिए ।

0 comments

Leave a comment