BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

२०० औं भानुजन्तीमा कविता प्रतियोगीता, धरानका प्रविन प्रथ

Published on Thursday, July 18, 2013 3:23 AM // , ,


                          –राजेश्वर ढकाल 

दोहा–अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतारको संयुक्त आयोजनामा भएको २०० औं भानुजयन्ति समारोह विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएका छन । 

              कार्यक्रम नवोदित साहित्यिक मोवाइल पुस्तकालयका अध्यक्ष रेगिस्तानि कवि तीर्थ संगम राईको सभापतित्व, नेपालबाट आमन्त्रित साहित्यकार खगेन्द्र संग्रौला , कवि विमल निभा ,पत्रकार देवेन्द्र भट्टराई , एनआरएन एनसिसि सचिव बिनोद भट्टराईको आतिथ्यमा सम्पन्न भएको हो । 
                  कार्यक्रमको आकर्षणमा पाँचौ खुल्ला कविता प्रतियोगीता, अनेसास–नवोदित २८ औं डबलीमा कवि निभाको एकल वाचन, साहित्यकार संग्रौलाको बक्तब्य , नवोदित कृति अर्वाड –२०७०,  तथा नवोदित तेश्रो अधिवेशन रहेका थिए ।

              भानुभत्तको तस्विरमा माल्याणपण सगै अगाडी बढेको कविता प्रतियोगीतामा कवि डिएन मगरले भानुको संम्झनामा लेखिएको कविता 
हे भानु !
तिम्रो महिमाको अधिक मोही
म तिम्रै शिष्य बालन
तिम्रो जन्मोस्मृतिको स्मरण गर्दै आज
दुई चार मुट्टा घास काटी रहेछु 
र यो घास बेची गुरुदक्षिणा स्वरुप
तिम्रै नाममा फेरी अर्को एउटा
उदाहरणिय कुवा खनि रहेछु । ‘म अर्को कुवा खनि रहेछु’ शिर्षकको कविता सुनाएका थिए । कविता प्रतियोगीहरु आमा, देश देखेको पीडा, प्रियसीको वणन, प्रवासी भोगाईलाई कवितामा उतारेका थिए ।         
               कविता प्रतियोगीतामा सहभागि २१ प्रतिस्पर्धीलाई पछि पार्दै धरानका प्रविण राई प्रथम स्थान हासिल गर्न सफल भए । कवि राईले 
हो ऐन्जल
अब तिमीले
अरु   र¨को ऐन्जलहरुसंग मिलर
स्वाभिमानका जंङघारहरु तरेर
सजाईदेऊ सिगो  घर्ती
रंगिचङगी बनेर !
     
  ‘रातो ऐन्जल’ शिर्षकको कविता वाचन गरेका थिए । बिजय संगै राईले रु १० हजार र प्रमाण पत्र हात पार्न सफल भए । त्यस्तै  विक्रम चेतनसिल राईको ‘फूलको निमन्त्रणा’ कविताले द्धितिय स्थानसंगै रु ७ हजार र प्रमाण पत्र ,रमेश बस्नेतको कविता ‘समर्पण’ले तितृय स्थानसंगै रु.५ हजार र प्रमाणपत्र प्राप्त गरे । कार्यक्रममा सहभागि मध्य एक मात्र महिला कवियत्री पवित्रा खड्कको ‘बलात्कार’ कविताले सान्त्वना पुरस्कार हात पार्न सफल भयो । बिजयसंगै उनले रु.२ हजार र प्रमाणपत्र हात पारिन भने  उत्कृष्ट बाचकको उपाधि सिताराम थापाले प्राप्त गरे उनले ‘दुखेको देश’ कविता वाचन गरेका थिए । बिजयसंगै थापाले रु.२ हजार र प्रमाणपत्र हासिल गरे । कार्यक्रममा उत्कृष्ट दश छनोट गरिएको थियो । दशमा पर्ने कविहरुमा बिक्रम पालुङवा ‘भ्रमित सपना’, अनन्त पोख्रेल‘दर्शन विच उभिएको इश्वर’, चकेन्द्र राई ‘के पठाउ“ सन्देश साथी’, इशुदिन मिया“‘इशु’‘मेरो चिन्ता नमान आमा’, विन्देश्वर ठाकुर ‘ देश प्रतिका तिम्रँ कर्तब्यहरु’ शिर्षकका कविता उत्कृष्ट दशमा पर्दै प्रमाणपत्र हासिल गर्न सफल भए ।


सहभागि अन्य कविहरु बलिन्द्र ढकाल‘देश विहिनता’, ओम ओझेल‘प्रेम’, पृथक बिनोद ‘नेपाली साहित्यिको उज्जवल तारा’, प्रम प्रकाश सापकोटा‘प्रश्न तिमीहरुलाई’, राजेन्द्र खनाल‘ देश’, रमेश आलेमगर‘ म संगै देश रोयो, देश संगै म रोए’, मानबहादुर कार्की‘डायस्पोरा म’, इश्वर शाही‘उता घरदेशमा’, एम।पि।पोख्रेल‘खै कहा“ छ मानवता’र डिएन मगर‘म अर्को कुवा खनीरहेछु’ शिर्षकको कविता वाचन गरेका थिए । बिजेता कविहरुलाई पुरस्कार साहित्यकार संग्रौला र कवि निभाले हस्तान्तरण गरेका थिए ।

२८ औं वाचन श्रृखला

यी दुवै संस्थाले मासिक रुपमा नियमित  गर्दै आएको वाचन श्रृखलाको २८ अँैं“ डबलीमा नेपालबाट आमन्त्रित कवि बिमल निभाले एक दर्जन भन्दा बढी कविता वाचन गरे । कवि निभाले आफ्ना कृतिहरुबाट कविताहरु वाचन गरेका थिए । कवि निभाले ‘के तपाईलाई सन्चै छ कवि ज्यू्’, ‘साइकल’, ‘तिम्रो नाउ“’, ‘इतिहास’, ‘इच्क्षा’, ‘कविता र फोहर लुगाहरु’, ‘आफुलाई बेचिसकेपछि’, ‘शब्दकोश’, ‘एउटा वाहुला नभएको भुषण’ र ‘वाख्रँ’ शिर्षकका कविता वाचन गरे । उनका कवितामा समाज, देशसंग र मानव दैनिक जीवनसंग मेलखाने भावहरु झल्कन्थे । उनको कविताले स्रोताको ध्यानलाई केन्द्रित वनाउन सफल भएको थियो । 

                      कार्यक्रमको अर्का आकर्षणकारुपमा  रहेका साहित्यकार खगेन्द्र संग्रौलाले सुरुमा  नेपाल देखी कतार सम्मको यात्रालाई जोड्दै तिखो ब्याङग संगै हसाएका थिए । कतार दोश्रो भ्रमण रहेको संग्रौलाले पहिले गजलको बाढि देखेको थिए अहिले आएर परिष्कृत हुदै कवितामा प्रवेश भएको छ, यो सुधारको राम्रँे पक्ष भएको धारणा राखे ।  उनले कच्चापदार्थको पहिचानभएको  बताउदै डायस्पोरामा डायस्पोराकैले मात्र सत्य तथ्य लेख्न सक्ने भन्दै कविमनहरुलाई  हौसला प्रदान गरेका थिए । लेख्नलाई अध्यनकै जरुरत पर्ने अनि कच्चा पदार्थहरु इतिहास समाजबाटै पाइने र तिनको सुक्ष्म अध्यनगनु पर्ने बताए ।
                 महाकवि लक्ष्मी प्रसाद देवकोटाको ‘निवन्ध के नेपाल सानो छ’ को सन्दर्भलाई लिएर नेपाल अब मानचित्रमा देखिएका रेखाहरुले मात्र नवाधिएको छैन । देवकोटाले भने जस्तै नेपाल विश्वभरीमा नै फैलिएको घारणा राखे । देश रेमिट्यान्सले चलेको बेला  कति श्रमिकको रगत पसिना मिसिएको छ  भन्ने कुरा उच्च पदमा बस्ने नेताले नबुझेको अबस्था रहेको बताए । उनले देशको परिवेश र कतारकै सेरोफेरोमा रहेर ४० मिनेट जति आफ्नो बक्तब्य राखेका थिए ।
                    कार्यक्रममा बोल्दै अर्का बक्ता पत्रकार देवेन्द्र भट्टराईले तपाईहरुलाई भेट्दा आफ्नै आफन्त भेटेको भानभएको बताउदै । कतारको हर कुराहरु आफ्ना लागि प्राथमिकताको विषय भएको धारण राखेका थिए ।  एनआरएन एनसिसि सचिव भट्टराईले अनेसास तथा नवोदित एक नमूनाको रुपमा साहित्यिक सस्था भएको तर्क राख्दै उत्तरोत्तर प्रगतिको कामना गरे ।  
                           अनेसास कतार च्याप्टरका बर्तमान अध्यक्ष हेमन्त परदेशीले कतारको डायस्पोरिक साहित्यमा कतारको योगदान चर्चा गर्दै स्वागत मन्तब्य राखे भने कार्यक्रमलाई दीपक भेटवालले संचालन गरेका थिए ।

नवोदित कृति अवार्ड ‘रहरको विस्कुन’ लाई 
नवोदित कृति अवार्ड –२०७०  भानु सुनुवारको रहरको विस्कुन गजल संग्रहले हात पार्न सफल भएको छ । कतारबाट प्रकाशन भएका ७ वटा कृतिहरु प्रतिस्पर्धामा समावेश गरिएको थियो । 

                 प्रतिस्पर्धी कृतिहरुमा  प्रमे प्रसाद भट्टराईको ‘सावित्री’(गीति काब्य) र ‘प्रतीक’(गंजल संग्रह), इन्द्रमणि नेपालको ‘सम्झनाका तरेलीहरु’(कविता संग्रह) , भानु सुनुवारको‘रहरको विस्कुन’ (गजल संग्रह), जगतराम वर्देवाको ‘तिम्रै यादमा आधारात’ (गजल संग्रह) वाई।पी।गौतम “पोख्रेली“को ‘अधुरो मिलन’ (उपन्यास ),ज्ञानेन्द्र अम्गाई र बद्रीप्रसाद पराजुलको ‘अरब यात्रा’( झ्याउरे गीति संग्रह) थियो ।  
            सबै कृतिहरुलाई पछि पार्दै भानुको गजल संग्रह ‘रहरको बिष्कुन’ले कृति अवाड हात पारेको हो । कतारमा एक कम्पनीमा विगत ११ वर्ष देखी कार्यरत भानु वि।स २०३५ सालमा रामेछापमा रामपुर–८ मा जन्मेका  हुन । उनले –जिन्दगीका मोडहरु– (गीति संग्रह –  २०६५०, रहरको बिस्कुन– ९गजल संग्रह –  २०६८० प्रकाशन गरेका छन भने उनले गीति एल्वम अर्को जन्म–  (गीति एल्वम –  २०६९० बजारमा ल्याइसकेका छन ।  बिजेता कृतिलाई नेपालबाट आएका कवि विमल निभा र साहित्यकार संग्रौलाले संयुक्त रुपमा कृति अवार्ड र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।


नवोदित अध्यक्षमा इन्द्रमणी 
             नवोदित साहित्यिक मोवाइल पुस्तकालयको तेश्रो अधिवेशनबाट अध्यक्षमा  कवि ईन्द्रमणि नेपाल चयन भएका छन । 
उनको  अध्यक्षतामा १७ सदस्य कार्यसमिती चयन गरेको छ । जसमा प्रथम उपाध्यक्ष –चर्चित ढुङेल, द्धितिय उपाध्यक्ष– भानु सुनुवार,पुस्ताकालय संयोजक– राजेश्वर ढकाल, महा–सचिव– अनन्त पोख्रेल, सचिव–सिताराम थापा, कोषाध्यक्ष– भोला थापा क्षेत्री,सह कोषाध्यक्ष–इश्वर शाहि छन । सदस्यहरुमा अतृप्त कमल,महेन्द्र प्रसाद पोख्रेल, विन्देश्वर ठाकुर, राजु मुखिया, मान बहादुर कार्की,वाईपि गौतम , ओम दुलाल ‘ओझेल’, दिप गाउले, तिर्थ संगम राई छनोट भए । निवाचन समितिको संयोजकमा बुद्धीजीवि विल गुरुङ र सदस्य द्धय नेपाली जन सम्पर्क समिती कतारका सभापति विमल सुवेदि र नेपाल लोकतान्त्रिक मन्चका पूव अध्यक्ष रामहरी गैह्रे रहेका थिए । उक्त नया“ कार्यसमितिलाई निवाचन संयोजक विल गुरुङले सपथ खुवाएका थिए । त्यस्तै संस्थाको पहिलो बैठकले  प्रमुख सल्लाहकारमा बद्री प्रसाद पराजुलीलाई  चयन गरेको छ । अन्य सल्लाहकार समितिका सदस्यहरुमा भोजराज दाहाल, दीपक भेटवाल, हेमन्त परदेशी , बिमल गिरी, प्रविण राई, बिल गुरुङ, बिक्रम पालुङवा छन ।


मानार्थ सदस्यता प्रदान
नेपालबाट आएका साहित्यकार संग्रौला र कवि निभालाई नवोदित साहित्यिक मोवाइल पुस्तकालयको मानार्थ सदस्यता प्रदान गरिएको छ ।
 नेपाली भाषा साहित्यमा उल्लेखनिय योग्दान पु¥याएको भन्दै नवोदितले दिदै आएको मानार्थ सदस्यताबाट साहित्यकार संग्रौला र कवि निभा सम्मानित भएका हुन । स्मणर रहोस नवोदित मानार्थ सदस्यबाट समालोचक डा। गोविन्दराज भट्टराई, डा।अभि सुवेदी, कवि श्रवण मुकारुङ र कवि तथा नियात्राकार जय छाङछा सम्मानित भइसकेका छन ।

0 comments

Leave a comment