BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

टेक्सासमा तेश्रो अन्तर-स्टेट भुटानिज सकर टुर्नामेन्ट सम्पन्न

Published on Thursday, July 4, 2013 2:53 PM // ,

114
बिकाश राज न्यौपाने
टेक्सास । अमेरिकामा बसोबास गर्दै आएका नेपाली मुलका भुटानीहरुको संस्था “भुटानिज लेगेसी युथ क्लब, फोर्ट वर्थ, टेक्सास” को आयोजनामा “अमेरिका अन्तर-स्टेट भुटानिज सकर टुर्नामेन्ट २०१३ सम्पन्न भएको छ ।
 जुन २० देखि २४ सम्म टेक्सास राज्यको डीएफडब्लु क्षेत्रमा धएको खेल महोत्सवमा अमेरिकाका विभिन्न १७ स्टेट बाट विभिन्न २६ टिम को खेलाडीहरुको सहभागिता रहेको थियो । जुन २० मा टारेन्ट काउन्टी कलेज साउथ क्याम्पस को रोतान्दो हलमा उद्घाटन भइ शुरु भएको यस खेल जून २१ र २२ मा रोलिङ्ग हिल्स सकर कम्प्लेक्स तथा जुन २३ मा हेर्मान क्लर्क स्टेडिएम फोर्ट-वर्थ मा भएको थियो।2
 खेल उत्सवमा ओर्जिनबाट सहभागी एफसीएचएफ टीम प्रथम, फोनिक्स अरिजोनाबाट सहभागी सेररोना क्लब दोस्रो र भुटानिज क्लब कोलोराडो तेश्रो स्थान हात पार्ना सफल भए । त्यसैगरि अन्य विधा तर्फ़ साउथ डाकोटाबाट सहभागी भुटानिज टिमलाई अनुशासित टीम, सबै भन्दा बढी स्कोर ल्याउने खेलाडी ओर्जिन टीमका कैलाश गजमेर, उत्कृष्ट गोल किपर फोनेक्सबाट सहभागी सेर्रोना क्लबका किरण राई, खेल सेरिज कै सर्बोत्कृष्ट खेलाडी, म्यान अफ दी म्याच ओर्जिनबाट सहभागी एफसीएचसी टीमका सुनिल गुरुङ तथा यस बर्षको उत्कृस्ट खेलाडी एरिजोनाका प्रेम सुबेदीलाई छनौट गरिएको थियो।3
 ठूलो संख्यामा उपस्थित दर्शकहरुलाई कार्यक्रममा संस्कृतिक कार्यक्रम, गीत-संगीत , नृत्य तथा जलपानको समेत व्यवस्था गरिएको थियो ।

0 comments

Leave a comment