BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

जनकपुर चुरोट कारखाना खारेज,सबै कर्मचारीलाई अवकाश दिइने

Published on Thursday, July 4, 2013 2:55 PM // ,

1484116191_1372937353
काठमाडौ, असार २० । जनकपुर चुरोट कारखाना लिमिटेड खारेज भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कारखानाका सवै कर्मचारीलाई अवकाश दिने र सञ्चालक समिति भंग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
रुस सरकारको सहयोगमा २०२१ सालमा खुलेको जनकपुर चुरोट कारखानामा ७ सय ५८ जना कर्मचारी कार्यरत छन् । कारखानाको भौतिक सम्पतिको वैकल्पिक व्यवस्थाका लागि उद्योग मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
स्थापनापछि लामो समय चुरोट उत्पादन र विक्रिमा ख्याति कमाएपनि विस्तारै कारखाना धरासायी बन्दै १ बर्षदेखि बन्द थियो । उद्योग बन्द भएपनि सरकारले कर्मचारीलाई तलब भने दिइरहेको थियो ।

0 comments

Leave a comment