BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

नेपाल र भारतको बीचमा साझेदारी वढाउन आवश्यक

Published on Thursday, July 4, 2013 2:54 PM // ,

काठमाडौं, २० असार। नेपाल र भारतका उद्यमी व्यवसायी तथा भारतीय सरकारी अधिकारीहरुको वीचमा दुई देशमा पर्यटन, शिक्षा,कृषि र अन्य संभावना वोकेका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ। भारतको विदेश मन्त्रालय र भारतीय दूतावासको तत्वावधानमा १८ सदस्यीय नेपाली व्यवसायीहरुको टोलीले तीन दिने भ्रमणका क्रममा यस्तो छलफल गरेको हो।
टोलीसँग भारतका कृषि सचिव आशिष वहुगुण र उहाँको समूहले दुई देशको आर्थिक समृद्धिको लागि संभाव्य सहयोगको वारेमा छलफल गरेको थियो। यसैगरी भारतिय विदेश मन्त्रालयका सहसचिव अखिलेश मिश्राले नेपाल र भारत सम्वन्धको वारेमा आफनो धारणा राख्दै नेपाललाई समृद्ध र स्थायित्वको लागि सहयोगको प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रममा भारतीय चेम्वर अफ कमर्शका निर्देशक गौतम घोषले संक्षिप्त धारणा राख्नुभएको थियो। यसैगरी नेपाल भारत चेम्वर अफ कमर्शका उपाध्यक्ष श्याम लोहियाले नेपाल र भारतको कृषि क्षेत्रको सहकार्यका वारेमा आफनो धारणा राख्नुभएको थियो। उहाँले शिक्षा र पर्यटनको क्षेत्रको संभाव्यताको अवसर समेत रहेको भन्दै यसमा सहयोग आवश्यक रहेको धारणा राख्नुभएको थियो। उहाँले नेपाल र भारतको वीचमा यी क्षेत्रमा संयुक्त काम गर्न सकिने र दुई देशको सम्वन्ध मजवुत वनाउन सकिने धारणा राख्नुभयो।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष अनुज अग्रवालले नोपलमा भारतीय शैक्षिक संस्थाहरुले शिक्षाको क्षेत्रको विस्तारको लागि गर्न सक्ने लगानी र संभावनका वारेमा समेत प्रकाश पार्नुभएको थियो। परिसंघका सदस्य एवं पर्यटन व्यवसायी वसन्तराज मिश्रले दुई देशको वीचमा भएका ऐतिहासिक सम्वन्ध र पर्यटनको क्षेत्रवाट प्राप्त गर्न सकिने उपलब्धिको वारेमा प्रकाश पार्नुभएको थियो। नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष भवानी राणाले पर्यटनको संभावनाको वारेमा प्रकाश पार्नुभएको थियो।
यसैगरी टोलीले भारतीय मानवसंसाधन राज्यमन्त्री डा.शशी थरुरसँग भेट गर्दै नेपाल र भारतको वीचमा लगानीको अवसर तथा संभावनाका विषयमा छलफल गरेको थियो। थरुरले भेटमा नेपालको भ्रमण गर्ने जनाउनुभएको थियो।
यसैगरी टोलीले पर्यटन मन्त्रालयका सचिव परवेज देवानसँग भेटघाट गरेको थियो। सो अवसरमा देवानले नेपाल र भारतको वीचमा तेश्रो मुलुकका पर्यटकको आगमनका लागि आवश्यक पर्ने रणनीति लिन अवधारणा र कार्यक्रमको खाका वनाउन जोड दिनुभएको थियो। उहाँले वुद्धको जन्मस्थल र अन्र्तराष्ट्रिय पदयात्राको लागि समेत सहकार्य गर्न अनुरोध गर्नुभएको थियो।-HAMROKURA

0 comments

Leave a comment